
धनकुटा । धनकुटा नगरपालिकाले नगर क्षेत्रमा दुईदिन स्थानीय बिदा दिएको छ । धनकुटा नगरपालिका भित्र मात्रै बसोबास गर्ने आठपहरिया जातिको मुख्य चाड वाडाङ्मेटको मुख्य दिन कात्तिक १९ र २० गते दुईदिन स्थानीय बिदा दिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत दशरथ राईद्वारा जारी सूचना अनुसार स्थानीय बिदाका दिन अत्यावश्यक बाहेकका सेवाहरू बन्द हुनेछन् ।
उक्त दिन नगर कार्यपालिकाको कार्यालय (अत्यावश्यक सेवा बाहेक), वडा कार्यालय तथा नगरपालिका क्षेत्र भित्रका नगरस्तरीय कार्यालयहरू साथै नगर क्षेत्रका सम्पूर्ण विद्यालयहरू बन्द रहनेछन् ।


संगालोखबर 













