संगालोखबर


विराटनगर । फेब्रुअरी महिनादेखि बेपत्ता झापाको दमक-८ का धनबहादुर ठकुरी (प्रशान्त) को शव फेला परेको छ । उनी ११ वर्षदेखि अमेरिकामा बस्दै आएका थिए ।

उनको निधन भएको खबरले न्युयोर्कस्थित नेपाली समुदाय स्तब्ध बनेको छ । धेरै खोजीपछि हालै उनको शव क्विन्सको चिकित्सा शव परीक्षण केन्द्रमा रहेको पत्ता लागेको हो ।

Advertisement

नेपाली महावाणिज्य दूतावासमार्फत यो दुःखद खबर सार्वजनिक भएपछि उनको परिवार शोकमग्न छ । परिवारको आर्थिक अवस्था कमजोर भएकाले उनको अन्तिम संस्कार विधिपूर्वक सम्पन्न गर्न समस्या देखिएको छ ।

सहयोग जुटाउन गैर आवासीय नेपाली संघ (एनआरएनए) न्युयोर्क च्याप्टर, दर्शन ठकुरी समाज अमेरिका र झापाली समाज अमेरिकाले संयुक्त रूपमा पहल गरेका छन् ।

स्वर्गीय ठकुरीकी श्रीमती र दाजु अन्तिम संस्कारमा सहभागी हुन न्युयोर्क पुगेपछि धार्मिक विधिअनुसार अन्तिम दाहसंस्कार गरिने जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!