संगालोखबर
फाइल तस्बिर

काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेका जनार्दन शर्माले प्रगतिशील अभियान नेपालको घोषणा गरेका छन् । माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी लगायत आठ दलसँग एकताको निर्णयमा पुगेपछि विभाजित भएको हो ।

पार्टीका पूर्वउपमहासचिव शर्मा, पूर्वसचिव राम कार्की, पूर्वस्थायी समिति सदस्य अञ्जना विशुंखे लगायतले पार्टी परित्याग गर्दै नयाँ अभियान घोषणा गरेका छन् । आज पत्रकार सम्मेलन गर्दै शर्माले प्रगतिशील अभियान, नेपाल नामको राजनीतिक अभियान घोषणा गरे ।

Advertisement

शर्माले माओवादीको नेतृत्वमा भएको दशवर्षे संघर्षदेखि पछिल्लो जेनजी आन्दोलनले उठाएका माग र भावना विपरीत पार्टी र नेतृत्व अघि बढेकाले एकता प्रक्रियाबाट बाहिरिएको उल्लेख गरे ।

उनले विगतको नेतृत्वका खराब आचरण र क्रियाकलापमा आफूहरूले पनि सघाएको आत्मालोचना गर्दै अब सच्चिँएर अघि बढ्न अभियान थालेको दाबी गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!