
काठमाडौं । निर्वाचन आयोगले सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टी दर्ता गरेको छ । आइतबार आयोगमा पुगेर साम्पाङले पार्टीको दर्ता प्रमाणपत्र लिएका छन् ।
आयोगमा २ सय ४ नम्बरमा दर्ता भएको श्रम संस्कृति पार्टीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका-४ मा रहने प्रमाणपत्रमा उल्लेख छ ।
आफ्नो दलले औपचारिक मान्यता पाएपछि साम्पाङले देश विकासका लागि श्रमको परिचालन गर्ने लक्ष्यका साथ अघि बढ्ने बताए । हाल उक्त पार्टीमा पाँच पदाधिकारीसहित २८ केन्द्रीय सदस्य रहेका छन् । पार्टीको चुनाव चिह्न माटोको ढिस्को राखिएको छ ।

संगालोखबर 













