
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा डिल्लीबजार कारागार चलान भएका छन् । बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पालाई आज फैसला कार्यान्वयनका लागि अदालत उपस्थित गराइएको थियो ।
अदालतले कारागार चलानका लागि पत्र दिएपछि डिल्लीबजार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनलाई प्रहरीले मंगलबार धुम्बाराहीबाट पक्राउ गरेको थियो ।
उनीविरुद्ध बहुविवाहसम्बन्धी मुद्दामा १ वर्ष जेल र ५ हजार जरिवाना तोकिएको थियो । उनको मुद्दाबारे एमाले सचिवालय बैठकमा पनि कुरा उठेको थियो ।

संगालोखबर 













