
विराटनगर । हिजो दिउँसोको तुलनामा आज मौसममा केही सुधार भएको छ । तर पश्चिमी वायुको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
आजको तुलनामा भोलि बदली र वर्षाको सम्भावना धेरै रहेको महाशाखाले जनाएको छ । भोलि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा तथा बाँकी पहाडी भूभागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
ती क्षेत्रहरूमा दैनिक जनजीवन, कृषि तथा पर्यटन क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

संगालोखबर 













