संगालोखबर

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँ घटेको हो ।

Advertisement

महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ३७ हजार दुई सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला दुई लाख ३८ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला दुई हजार नौ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला तीन हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!