कोशी प्रदेश ब्याडमिन्टन संघको अधिवेशन भदौमा हुने
विराटनगर । कोशी प्रदेश ब्याडमिन्टन संघको अधिवेशनको मिति तय भएको छ । शनिबार कोशी प्रदेश ब्याडमिन्टन संघ तदर्थ समितिका संयोजक भोगेन्द्र थापाको अध्यक्षतामा इटहरीमा बसेको प्रथम बैठकले अधिवेशनको मिति तय गरेको हो ।
बैठकले आगामी भदौ २१ गते धनकुटाको हिलेमा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थापाले जानकारी दिए । उनका अनुसार अधिवेशन सम्पन्न गर्न गोविन्द खत्रीको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरिएको ...































