
विराटनगर । विराटनगर-१७ मटेरुवाबाट प्रहरीले भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा पाँच लाख बढीको इलेक्ट्रोनिक चिप्स बरामद गरेको छ । इलेक्ट्रोनिक डिभाइसको ब्रान्ड परिवर्तन गर्न प्रयोग हुने चिप्स १ हजार १ सय ६५ थान चिप्स प्रहरीले बरामद गरेको हो ।
उक्त चिप्सको मूल्य ५ लाख ८२ हजार ५ सय रुपैयाँ पर्ने प्रहरीले जनाएको छ । पुस १९ गते संयुक्तरूपमा खटिएको प्रहरी टोलीलाई देखेपछि चिप्स ल्याउँदै गरेको मान्छे सामान छाडेर फरार भएका थिए । उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राईले जानकारी दिए । ।
बरामद भएको चिप्स भन्सार कार्यालय विराटनगरमा बुझाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कसले चिप्स तस्करी गराएको हो भन्ने खुल्न बाँकी छ ।

संगालोखबर 














