
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ९ हजार पाँच सय रुपैयाँ घटेको हो ।
महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार दुई सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला तीन लाख चार हजार सात रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार सुन प्रतितोला दुई लाख ९० हजार तीन सय, सोमबार दुई लाख ८६ हजार छ सय र आइतबार तीन लाख रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला छ सय २० रुपैयाँ घटेर चार हजार आठ सय ९० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला पाँच हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार चाँदी प्रतितोला पाँच हजार तीन सय ३५, सोमबार पाँच हजार दुई सय र आइतबार पाँच हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 














