
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पुनः परेका छन् । आज प्रसाईंलाई चाल्नाखेलबाट प्रहरीले पक्राउ गरेको हो । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगले प्रहरीको साइबर ब्युरोलाई पत्र पठाएको थियो । सोही आधारमा उनी पक्राउ परेका हुन् ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईं गत माघ ६ गते हाजिर जमानीमा रिहा भएका थिए ।
सार्वजनिक शान्ति विरुद्धको कसुरमा माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो । प्रसाईँ पटक-पटक पक्राउ पर्दै आएका छन् ।

संगालोखबर 














