संगालोखबर


विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित जेभियर्स इङ्ग्लिस स्कुलले आज ११ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा स्कुलले बुढीगंगा गाउँपालिका स्तरीय परीक्षा, एसईई र हिसानको वार्षिक परीक्षामा पालिका भित्र उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ ।

कक्षा ८ को पालिका स्तरीय परीक्षामा छात्रतर्फ अंकित कार्की क्षेत्री, छात्रातर्फ रितु मगर, एसईईमा छात्रतर्फ विजय पौडेल र छात्रा तर्फ अञ्जली दास, हिसान परीक्षामा छात्रातर्फ ललिता राजवंशी र छात्रतर्फ रोहन दाहाललाई स्कुलले सम्मान गरेको हो ।

सोही अवसरमा दोश्रो सुटिङ बल विश्वकप प्रतियोगितामा नेपाललाई रजत पदक दिलाउने कक्षा १२ की प्रमिशा श्रेष्ठ र राष्ट्रपति खेलकुद प्रतियोगिता २०८१ मा कराँते खेलमा उत्कृष्ट प्रदर्शन गर्ने पुष्पराज योक्पाङ्गदेनलाई पनि सम्मान गरिएको छ ।

कार्यक्रममा बुढीगंगा गाउँपालिका अध्यक्ष जीतनारायण थापामगरले गाउँपालिका भित्रको शिक्षामा सुधार भएको बताए । प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेतले जेभियर्स स्कुलले सीपयुक्त शिक्षा दिएको बताए ।

स्कुलका प्रिन्सिपल परेश पोखरेलले कक्षा नर्सरी देखि १२ सम्म अध्ययनका लागि बुढीगंगा छाडेर अन्यत्र जानु नपर्ने बताए । उनले शिक्षासँगै सीप पनि विद्यालयले दिइरहेको उल्लेख गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!