
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला नौ हजार पाँच सय रुपैयाँ बढेको हो ।
महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख पाँच सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला तीन सय रुपैयाँ बढेर पाँच हजार १० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला चार हजार सात सय १० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 














