
विराटनगर । विराटनगरको मारिया किड्स मन्टेश्वरी स्कुलले नवौं अभिभावक दिवस मनाएको छ । मन्टेश्वरीले अभिभावक दिवसको अवसरमा शिक्षक र कर्मचारीलाई सम्मान गरेको छ ।
शिक्षिका रिता ओझा र कर्मचारी लक्ष्मी भट्टराईलाई नगदसहित सम्मान गरिएको मन्टेश्वरीका प्रिन्सिपल मनिष पोखरेलले जानकारी दिए ।
उनीहरूलाई कार्यक्रममा प्रमुख अतिथि समाजसेवी तथा मेरिल्याण्ड कलेजका अध्यक्ष गुणराज ढुङ्गेल, विशिष्ट अतिथि भवानी प्रसाद पोख्रेल तथा मन्टेश्वरीका प्रिन्सिपल मनिष पोख्रेलले सम्मान गरेका थिए ।
सो अवसरमा बालबालिकाहरूले विभिन्न प्रतिभाहरू प्रस्तुत गरेका थिए । मन्टेश्वरीमा हाल १८० जना बालबालिका अध्ययनरत रहेका प्रिन्सिपल पोख्रेलले जानकारी दिए । उनले बालबालिकाहरूको क्षमता विकासमा मन्टेश्वरीमा अनुभवी शिक्षक-शिक्षिका रहेका बताए ।

संगालोखबर 














