निर्वाचन कार्यालय कोशीका कर्मचारीलाई काम भ्याइनभ्याइ

निर्वाचन कार्यालय कोशीका कर्मचारीलाई काम भ्याइनभ्याइ

विराटनगर । निर्वाचन कार्यालय कोशी प्रदेशका कर्मचारीहरू निर्वाचन सम्बन्धी कामकाजमा व्यस्त देखिएका छन् । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन लक्षित कर्मचारीहरू बिदाको दिन तथा अतिरिक्त समयमा निर्वाचन सम्बन्धी कामकाजमा व्यस्त भएका हुन् । निर्वाचन आयोगबाट निर्वाचन सम्बन्धी आवश्यक कागजात तथा सामग्रीहरू आउने क्रम जारी रहेको कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले बताए । अहिले ब्यालेट बक...
झापामा टिपरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

झापामा टिपरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

विराटनगर । झापाको दमक नगरपालिका-१ बरगाछीमा टिपरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक इलामको चुलाचुली गाउँपालिका-४ का २२ वर्षीय प्रवेश राई र पछाडि सवार १९ वर्षीय जनम राईको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरू उपचारका लागि दमक अस्पतालमा लगिएको चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ । आज दिउँसो दमकबाट रामचोकतर्फ आउँदै गरेको मे १ ख २८८...
मोरङमा १२ हजार बालिकालाई एचपिभी खोप दिइने

मोरङमा १२ हजार बालिकालाई एचपिभी खोप दिइने

विराटनगर । मोरङमा पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको (एचपिभी) खोप अभियान सञ्चालन हुने भएको छ । कक्षा ६ मा अध्ययनरत र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका १२ हजार ७ सय ५५ बालिकालाई लक्षित गरि अभियान सञ्चालन गर्न लागिएको हो । जिल्ला खोप समन्वय समिति मोरङले आज विराटनगरमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय मोरङका प्रमुख योगराज घिमिरेले माघ २५...
डोजर चलाउनेबाट सुकुम्बासी समस्या समाधान हुँदैन : नेता दाहाल

डोजर चलाउनेबाट सुकुम्बासी समस्या समाधान हुँदैन : नेता दाहाल

दमक । नेकपा एमालेका केन्द्रिय सदस्य देवेन्द्र दाहालले काठमाडौंमा डोजर चलाएर सुकुम्बासी खेदाउने बालेन शाहबाट सुकुम्बासी समस्या समाधान नहुने बताएका छन् । झापाको दमकमा अखिल नेपाल महिला संघ दमक नगर समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गदै नेता दाहालले यस्तो बताएका हुन् । झापा–५ अन्तर्रगतको कमल गाउँपालिका स्थित सुकुम्बासी बस्तीमा पुगेर समस्या चाँडै समाधान गर्ने भनी बालेनले दिएको अभिव्यक्ति प्रत...
नेपाली नम्बर प्लेट राखेर गाँजा बोकेको भारतीय कार धनकुटा प्रहरीको नियन्त्रणमा

नेपाली नम्बर प्लेट राखेर गाँजा बोकेको भारतीय कार धनकुटा प्रहरीको नियन्त्रणमा

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थित फेदीबाट प्रहरीले गाँजा बोकेको भारतीय कार नियन्त्रणमा लिइएको छ । आज दिउँसो करिब २ बजे मुलघाटबाट धरान जाँदै गरेको बी आर डब्लु ११ एच ४८७५ नम्बरको कार प्रहरीले नियन्त्रणमा लिएको हो । तर उक्त कारमा नेपाली नम्बर प्लेट बा १० च ५६१५ जडान गरेको पाइएको धनकुटाका प्रहरी प्रमुख शरत कुमार थापा क्षेत्रीले जानकारी दिए । कारबाट ९० किलो गाँजा बरामद भएको छ । प्रहरी...
सुनसरीबाट ब्राउन सुगर बरामद, धनकुटाका दुईसहित तीन जना पक्राउ

सुनसरीबाट ब्राउन सुगर बरामद, धनकुटाका दुईसहित तीन जना पक्राउ

विराटनगर ।  सुनसरीबाट लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई चेकजाँचका क्रममा पक्राउ गरेको हो । कोशी गाउँपालिका-१ भन्सार कार्यालय छेउबाट सप्तरीको सप्तकोशी नगरपालिका-१ का २४ वर्षीय ईश्वर प्रसाद भगत ३ ग्राम ४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् । यस्तै भोक्राहा नरसिंह गाउ...
जिल्ला दौडमा बालेन शाह, विराटनगरबाट लागे सुनसरीतर्फ (फोटो फिचर)

जिल्ला दौडमा बालेन शाह, विराटनगरबाट लागे सुनसरीतर्फ (फोटो फिचर)

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह विराटनगर आएर सुनसरीतर्फ लागेका छन् । आज बिहान मोरङको उर्लाबारीबाट यात्रा सुरु गरेका बालेन पथरीशनिश्चरे, लेटाङ, रंगेली हुँदै विराटनगरबाट  सुनसरीतर्फ लागेका छन् । बालेन विराटनगरमा थोरै समय बसेर सुनसरी गएका हुन् । विभिन्न स्थानमा भेटघाट कार्यक्रममा सीमित समय निकाल्दै उनले पार्टी संगठन विस्तार, आगामी राजनीतिक रणनीति र स्थानीय...
सुनको मूल्य १४ हजार ४ सय बढ्यो, आज कति पुग्यो तोलामा ?

सुनको मूल्य १४ हजार ४ सय बढ्यो, आज कति पुग्यो तोलामा ?

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १४ हजार चार सय रुपैयाँ बढेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख चार हजार सात रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला दुई लाख ९० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार सुन प्रतितोला दुई लाख ८६ हजार छ सय र आइतबार सुन प्रतितोला तीन लाख रुपैयाँमा...
निर्वाचन सुरक्षाका लागि देशभर ७९ हजार बढी सैनिक परिचालन

निर्वाचन सुरक्षाका लागि देशभर ७९ हजार बढी सैनिक परिचालन

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षाका लागि आजदेखि औपचारिक रूपमा नेपाली सेना परिचालन गरिएको छ । निर्वाचन हुन १ महिना बाँकी रहँदा सरकारले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ अनुसार सेना मैदानमा उतारेको हो । निर्वाचन सुरक्षाका लागि देशभर ७९ हजार ७ सय २७ जना सैनिक परिचालन गरिएको छ । निर्वाचन अवधिभर हाल सशस्त्र प्रहरीले सुरक्षा दिइरहेका सार्वजनिक भवन, कारागार, व...
विराटनगरको गुरुकुलमा ‘लौ आयो ताजा खबर’

विराटनगरको गुरुकुलमा ‘लौ आयो ताजा खबर’

विराटनगर । विराटनगरको सुशीला कोइराला नाटकघर, आरोहण गुरुकुलमा सुरेन्द्र नकर्मीद्वारा लिखित लघु नाटक ‘लौ आयो ताजा खबर’ मञ्चन सुरु भएको छ । भोलिदेखि माघ २९ गतेसम्म नियमित मञ्चन हुने नाटकको आज औपचारिक मञ्चन गरिएको हो । कक्षा ११ को अनिवार्य नेपालीमा समावेश यो नाटकले लागूपदार्थ दुर्व्यसनी र त्यसको असरका बारेमा शसक्त उजागर गरेको छ । भरत कार्कीले निर्देशन गरेको नाटकमा अभिभावकले छोराछोरीलाई समय नदिँदा, ...
झापा–५ को सुकुम्बासी बस्तीका मतदातासँग बालेनले के भने ?

झापा–५ को सुकुम्बासी बस्तीका मतदातासँग बालेनले के भने ?

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता तथा प्रतिनिधि सभा झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाहले मतदातासँग भेटघाट गरिरहेका छन् । विभिन्न जिल्लाको भ्रमण सकेर हिजो साँझ आफ्नो निर्वाचन क्षेत्र आइपुगेका बालेन मतदातासँग भेटघाटमा व्यस्त छन् । उनी आज बिहान कमल गाउँपालिकाको सुकुम्बासी बस्तीमा पुगेका थिए । सोही क्रममा उनले मतदाताको जिज्ञासा सुन्दै आफ्नो धारण व्यक्त गरेका छन...
भद्रपुर विमानस्थलबाट ब्राउन सुगरसहित रोशनी पक्राउ

भद्रपुर विमानस्थलबाट ब्राउन सुगरसहित रोशनी पक्राउ

विराटनगर । झापाको भद्रपुर विमानस्थलबाट १ सय ४४ ग्राम ४ सय मिलिग्राम लागूऔषध ब्राउन सुगर सहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा हुम्लाको खार्पुनाथ–२ की २६ वर्षीया रोशनी बूढा छिन् । सोमबार साँझ काठमाडौं जान लागेकी उनलाई विमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा ब्राउन सुगर फेला पारेको हो । उनले लुकाएर राखेको अवस्थामा ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । उनलाई ...
सुनचाँदीको मूल्य बढ्यो, आज कति पुग्यो तोलामा ?

सुनचाँदीको मूल्य बढ्यो, आज कति पुग्यो तोलामा ?

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार सात सय रुपैयाँ बढेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार तीन सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला दुई लाख ८६ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार सुन प्रतितोला तीन लाख रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको ...
एमालेको विजय यात्रा रोकिँदैन, एकल बहुमत आउँछ : भानुभक्त ढकाल

एमालेको विजय यात्रा रोकिँदैन, एकल बहुमत आउँछ : भानुभक्त ढकाल

विराटनगर । नेकपा एमालेका सचिव तथा तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार भानुभक्त ढकालले एमालेको विजय यात्रा नरोकिने दाबी गरेका छन् । विराटनगरमा आज प्रेस चौतारी मोरङले गरेको पत्रकार सम्मेलनमा ढकालले नयाँ शक्तिहरूको उदयलाई अस्थायी लहरको संज्ञा दिँदै एमालेको विजय यात्रा नरोकिने दाबी गरेका हुन् । उनले फागुन २१ गते हुने निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने जिकिर समेत गरे । बालेन शाहलाई झापा–५ ...
झापामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ जना घाइते

झापामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ जना घाइते

विराटनगर । झापामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् । गौरादह नगरपालिका-४ स्थित रामचन्द्रे खोलाको पुलबाट सोमबार साँझ ७ः२० बजेतिर ट्याक्टर खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा मोरङको रतुवामाई नगरपालिका-८ की ३८ वर्षीया स्वस्तिका मर्डीको मृत्यु भएको हो । गम्भीर घाइते भएकी उनलाई उपचारका लागि दमकस्थित निम्स अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरे...
ससुराली पुगेर पत्नीको हत्या गरेका पतिद्वारा आत्महत्या

ससुराली पुगेर पत्नीको हत्या गरेका पतिद्वारा आत्महत्या

विराटनगर । मोरङको रंगेली नगरपालिका-५ बहुवनमा पत्नीको हत्यापछि पतिले आत्महत्या गरेका छन् । आज बिहानको राति २ः४५ बजेतिर अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले सोही वडाको धनपट्टीस्थित ससुराली घरमा पत्नी अम्बिकाकुमारी मण्डलको हत्या गरेका हुन् । मोरङ प्रहरीका डीएसपी लिलाराज लामिछानेका अनुसार मुकेश सोमबार बेलुका ससुराली गएका थिए । घरेलु विवादका क्रममा कुटपिट गर्दै मुकेशले पत्नीलाई चक्कु प्रहार गरेको प्...
७६ उम्मेदवारको नाम समानुपातिक सूचीबाट हटाइयो

७६ उम्मेदवारको नाम समानुपातिक सूचीबाट हटाइयो

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक प्रणालीअन्तर्गत दलहरूले बुझाएको बन्दसूचीको प्रारम्भिक छानबिनपछि ७६ जना उम्मेदवारको नाम सूचीबाट हटाएको छ । उम्मेदवारविरुद्ध परेका उजुरी, कानुनी योग्यता नपुगेको अवस्था र राजनीतिक दलबाट प्राप्त थप विवरणका आधारमा नाम हटाउने निर्णय गरिएको आयोगले जनाएको छ । आयोगका अनुसार विभिन्न कानुनी तथा प्रक्रियागत कमजोरी देखिएका उम्मेदवारहरू बन्दसूचीमा कायम रहन नसक्ने निष्कर...
स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ : प्रधानमन्त्री कार्की

स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन केवल जनप्रतिनिधि पठाउने प्रक्रिया मात्र नभई नयाँ राजनीतिक संस्कृतिको प्रस्थानविन्दु हुनुपर्ने बताएकी छन् । आज राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रतिनिधि सभा सदस्य चुनावका लागि उम्मेदवारको मनोनयन प्रक्रिया सम्पन्न भइसकेको उल्लेख गर्दै राज्यका स्रोत तथा साधन चुनाव केन्द्रित गरिएको बताइन् । प्रधानमन्...
मतदाताको गोपनीयता भंग नगर्न झापा प्रशासनले गरायो ध्यानाकर्षण

मतदाताको गोपनीयता भंग नगर्न झापा प्रशासनले गरायो ध्यानाकर्षण

झापा । जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालबाट मतदाताको गोपनीयता भंग नगर्न आग्रह गरेको छ । प्रशासनले विज्ञप्ति जारी गर्दै ‘कुन पार्टी र चुनाव चिह्नमा मतदान गर्नुहुन्छ’ भनेर प्रश्न सोधी मतदाताको गोपनीयता भंग नगर्न आग्रह गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी एवम् निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तेजप्रसाद प्रसाईं र अञ्जन न्यौपानेले जारी गरेको विज्ञप्तिमा कसैले अ...
स्वास्थ्य बीमा : अब ओपीडी सेवामा २५ हजार मात्रै सुविधा

स्वास्थ्य बीमा : अब ओपीडी सेवामा २५ हजार मात्रै सुविधा

काठमाडौं । स्वास्थ्य बीमा गरेका बिरामीले अब एक आर्थिक वर्षमा बहिरङ्ग (ओपीडी) सेवामा बढीमा २५ हजार रुपैयाँको मात्र सुविधा पाउने भएका छन् । बीमाको वित्तीय भार ओपीडीमा धेरै परेकोले यसलाई कम गर्न सेवा वर्गीकरण गरिएको हो । स्वास्थ्य बीमा बोर्डका अनुसार यसपछिका उपचार खर्चहरू अस्पताल भर्ना, ल्याब परीक्षण र आकस्मिक उपचारमा गर्न सकिनेछ । बोर्डका अनुसार आगामी फागुन १ गतेदेखि नयाँ नियम कार्यान्वयनमा ल्याउ...
सुन्तलाका बोट सुक्न थालेपछी भोजपुरका किसान चिन्तित

सुन्तलाका बोट सुक्न थालेपछी भोजपुरका किसान चिन्तित

भोजपुर । भोजपुरमा सुन्तलाका बोटहरू धमाधम सुक्न थालेपछी किसानहरू चिन्तामा परेका छन् । सुन्तलामा देखिएको विभिन्न रोगका कारण बगान नै सखाप हुने अवस्था आएपछि किसानहरूको मुख्य आयस्रोत र जीविकोपार्जनमै सङ्कट उत्पन्न हुने भएपछि किसानहरू चिन्तित भएका हुन् । लामो समयदेखि मेहनत गरेर हुर्काइएका बोटहरूमा अज्ञात रोग र अन्य समस्या देखिएपछि बगानहरू खाली हुन थालेका हुन् । भोजपुर नगरपालिका-६ का किसान सोवित आछामे...
नयाँ र पुरानाको नाममा भइरहेको निषेधको राजनीतिले सुरक्षा चुनौति बढायो : मन्त्री पराजुली

नयाँ र पुरानाको नाममा भइरहेको निषेधको राजनीतिले सुरक्षा चुनौति बढायो : मन्त्री पराजुली

धनकुटा । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले फागुन २१ गते हुन लागेको निर्वाचनमा कोशीमा सुरक्षा चुनौति बढेको बताएका छन् । धनकुटा आएका उनले निर्वाचन नचाहने तथा नयाँ र पुरानाको नाममा भइरहेको निषेधको राजनीतिले सुरक्षा चुनौति बढाएको बताएका हुन् । कोशीमा निर्वाचन केन्द्रित विषेश सुरक्षा रणनीतिका साथ होसियारी पूर्वक काम भइरहेको उनको भनाइ छ । ‘प्रदेश सरकारको नोटिसमा छ । स...
उच्च मूल्यबाट लगातार घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ?

उच्च मूल्यबाट लगातार घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १३ हजार चार सय रुपैयाँ घटेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार छ सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला तीन लाख रुपैयाँमा कारोबार भएको थियो । आज पनि चाँदीको मूल्य घटेको छ । आज चाँदी प्रतितोला तीन सय रुपैयाँ घटेर पाँच हजार दुई सय रुपैयाँ काय...
रंगेलीको त्रिभुवन माविलाई ३१ सेट जर्सी प्रदान 

रंगेलीको त्रिभुवन माविलाई ३१ सेट जर्सी प्रदान 

विराटनगर । नेपाल उद्योग परिसङ्घ कोशी प्रदेशले मोरङको रंगेली नगरपालिका-१ स्थित त्रिभुवन माध्यमिक विद्यालयलाई ३१ सेट जर्सी प्रदान गरेको छ । आज परिसंघका अध्यक्ष पवन कुमार सारडा, कोषाध्यक्ष साकेत राठी र महानिर्देशक विजय हरि शर्माले विद्यालयका सहायक प्रधानाध्यापक टंकबहादुर खत्री तथा माध्यमिक तह शिक्षक देवीप्रसाद ढुंगेललाई खेलकुद जर्सी प्रदान गरेका हुन् । आगामी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितालाई ल...
वीरेन्द्र सभागृहमा बैठक सञ्चालनका लागि विराटनगर महानगरपालिका र कोशी प्रदेशसभाबीच सम्झौता

वीरेन्द्र सभागृहमा बैठक सञ्चालनका लागि विराटनगर महानगरपालिका र कोशी प्रदेशसभाबीच सम्झौता

विराटनगर । कोशी प्रदेशसभा सञ्चालन प्रयोजनका लागि विराटनगर महानगरपालिका र कोशी प्रदेशसभा सचिवालयबीच करार सम्झौता भएको छ । विराटनगरस्थित वीरेन्द्र सभागृह प्रयोग गर्ने विषयमा आज महानगरपालिकामा आयोजित समारोहबीच दुवै पक्षले सम्झौता पत्रमामा हस्ताक्षर गरेका हुन् । महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुला...
दमकका सबै वडामा एमालेको निर्वाचन परिचालन कमिटी कार्यालय सञ्चालन

दमकका सबै वडामा एमालेको निर्वाचन परिचालन कमिटी कार्यालय सञ्चालन

दमक । नेकपा एमालेले दमक नगरपालिकाका १० वटै वडामा वडा स्तरीय कार्यालय सञ्चालन गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन परिचालन कमिटी अन्तर्गत आजबाट सबै वडामा कार्यालय सञ्चालन गरिएको हो । कार्यालय सञ्चालनमा आएसँगै अब पार्टीका हरेक कार्यकर्ता मतदाताका घरघर जाने एमालेले जनाएको छ । यसअघि नै एमालेले भेला आयोजना गरेर मतदातालाई पार्टी अध्यक्ष एवं झापा ५ का उम्मेद्वार केपी शर्मा ओलीलाई मतदान गर्न आह्वान ग...
उदयपुर सिमेन्टका पूर्वमहाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

उदयपुर सिमेन्टका पूर्वमहाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा भएको साढे ४६ करोड रुपैयाँ बराबरको हिनामिना प्रकरणमा पूर्वमहाप्रबन्धकसहित ८ जना कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेल र नायब महाप्रबन्धक महेश प्रसाद काफ्लेसहितलाई भ्रष्टाचार आरोपमा मुद्दा दर्ता गरेको हो । पौडेल र काफ्लेलाई १२ करोड ४७ लाख २२ हजार २४२ रुपैयाँ बिगो माग दाबी गर्दै...
चेतना संरक्षण प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा

चेतना संरक्षण प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा

विराटनगर । नेपाली भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा सक्रिय चेतना संरक्षण प्रतिष्ठान नेपालले विभिन्न पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीको अध्यक्षतामा बसेको बैठकले साहित्य, कला, समाजसेवा, पत्रकारिता, युवा प्रतिभा तथा बालप्रतिभालगायत विभिन्न क्षेत्रका ९ वटा पुरस्कार घोषणा गरेको हो । घोषित पुरस्कारअनुसार अन्जु कार्कीद्वारा स्थापित दुई लाख रुपैयाँ राशिसहितको जगतबन्...
हिसान स्पोर्ट्स मिट : रेडस्टारलाई फुटबल र अरनिकोलाई टेबल टेनिसको उपाधि

हिसान स्पोर्ट्स मिट : रेडस्टारलाई फुटबल र अरनिकोलाई टेबल टेनिसको उपाधि

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको स्पोर्ट्स मिट अन्तरगत फुटबलमा रेडस्टार कलेजले छात्रछात्रा दुवैतर्फको उपाधि जितेको छ । विराटनगरको सहिद मैदानमा भएको छात्रतर्फको फाइनल खेलमा रेडस्टारले शिक्षा सन्देश कलेजलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । यस्तै छात्रातर्फ अर्किड कलेजलाई ७–० गोल अन्तरले हराउँदै रेडस्टारले उपाधि जितेको हो । ...
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं । चलचित्र पत्रकार दिनेश सिटौलाको ४३ वर्षको उमेरमा निधन भएको छ । मस्तिष्कघात (ब्रेन ह्यामरेज) का कारण उपचाररत सिटौलाको आज दिउँसो १२ः४५ बजे काठमाडौंको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा आगामी निर्वाचनका लागि प्रधानमन्त्रीका उम्मेदवार बालेन शाहको चुनावी प्रचारका क्रममा अछाम पुगेका सिटौला शुक्रबार बिहान एक्कासि बेहोस भए...
झापा–५ सहित १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

झापा–५ सहित १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको छ । झापा क्षेत्र नम्बर ५ र सुनसरी क्षेत्र नम्बर १ सहित १८ क्षेत्रको मतपत्र छपाइको काम सम्पन्न भएको हो । यस्तै डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान, जाजरकोटको प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ । दैलेख निर्वाचन क्षेत्र नम्बर १ र २, सुर्खेतको १...
error: Content is protected !!