टी–२० विश्वकप : आज पहिलो जितको खोजीमा इटालीसँग खेल्दै नेपाल
विराटनगर । आईसीसी टी–२० विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले आज इटालीसँग खेल्दैछ । पहिलो खेलमा साविक विजेता इंग्ल्यान्डसँग ४ रनको झिनो अन्तरले पराजित भएको नेपाल आज पहिलो जित निकाल्ने दाउमा छ ।
भारतको मुम्बईस्थित प्रसिद्ध वानखेडे स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ । पहिलो खेलमा इंग्ल्यान्डले नेपाललाई १८५ रनको विशाल लक्ष्य दिएको थियो । उक्त खेलमा नेपालले २०...





























