तेह्रथुमको सोल्मामा खुकुरी प्रहार गरी आमाको हत्या, छोरा पक्राउ

तेह्रथुमको सोल्मामा खुकुरी प्रहार गरी आमाको हत्या, छोरा पक्राउ

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका–८ सोल्मामा एक युवकले आफ्नी आमाको हत्या गरेका छन् । आज अपरान्ह स्थानीय २३ वर्षीय दिपक नेपालीले खुकुरी प्रहार गरी आफ्नै आमा ४३ वर्षीया तीलमाया नेपालीको हत्या गरेका हुन् । प्रहरीका अनुसार सामान्य घरायसी विवादका क्रममा दिपकले आमा तीलमायालाई खुकुरी प्रहार गरेका थिए । इलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी निरीक्षक खगेन्द्र एक्नेनका अनुसार तीलमायाको घटनास्थ...
विराटनगरका कृषकलाई ५० प्रतिशत अनुदानमा औजार

विराटनगरका कृषकलाई ५० प्रतिशत अनुदानमा औजार

विराटनगर । विराटनगर महानगरपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको छ । कृषिलाई आधुनिकीकरण र यान्त्रीकरण गर्ने उद्देश्यले कृषि औजार वितरण गरिएको महानगरले जनाएको छ । महानगर परिसरमा आज आयोजित कार्यक्रममा महानगरका विभिन्न वडाका कृषक समूह, कृषि सहकारी र कृषि फर्मलाई १९ लाख १० हजार ६ सय रुपैयाँ बराबरको कृषि औजार वितरण गरिएको हो । कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निर...
पोखरीमा डुबेर धनुषामा ३ बालिकाको मृत्यु

पोखरीमा डुबेर धनुषामा ३ बालिकाको मृत्यु

जनकपुरधाम । नुहाउने क्रममा धनुषामा पोखरीमा डुबेर तीनजना बालिकाको मृत्यु भएको छ । धनुषाको धनौजी गाउँपालिका– ५ बअुहर्वाको एक सार्वजनिक पोखरीमा डुबेर आज १० देखि १२ वर्ष उमेरका तीन बालिकाको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन छन् । पोखरीमा बालिकाहरुलाई डुबिरहेको देखेपछि स्थानीयले उद्धार गरी उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल ल्याउने क्रममा बाटो...
उद्योग संगठन मोरङले सुरु गर्यो गुणस्तर मापदण्ड प्रणाली ‘क्यूसेफ’

उद्योग संगठन मोरङले सुरु गर्यो गुणस्तर मापदण्ड प्रणाली ‘क्यूसेफ’

विराटनगर । उद्योग संगठन मोरङले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विद्यमान गुणस्तर प्रमाणीकरण मापदण्डहरुका आधारमा स्थानीय उद्योग व्यवसाय सुहाउँदो ‘क्यूसेफ’ गुणस्तर प्रणाली सुरु गरेको छ । गत साता सम्पन्न उद्योग संगठनको ५१औं वार्षिक साधारण सभा उद्घाटन अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले क्युसेफको लोगो अनावरण गरेका थिए । क्युसेफलाई स्वतन्त्र मानक प्रमाणीकरणको रुपमा स्थापित ग...
बिहे गर्ने भन्दै जबरजस्ती करणी गरेको आरोपमा झापामा एकजना पक्राउ

बिहे गर्ने भन्दै जबरजस्ती करणी गरेको आरोपमा झापामा एकजना पक्राउ

  झापा । झापाको बाह्रदशीमा एकजना महिलालाई विवाह गर्ने प्रलोभन देखाएर जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । पीडितले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । एक २३ वर्षीया महिलालाई विवाह गर्ने भनेर आश्वासन दिंदै बाह्रदशी गाउँपालिका–१ का अन्सार मियाँले जबरजस्ती करणी गरेको उजुरी आएको थियो । सोही आधारमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको जिल्ल...
रास्वपाले तत्काल सरकार नछाड्ने

रास्वपाले तत्काल सरकार नछाड्ने

विराटनगर । राजीनामा दिन भनेर प्रधानमन्त्रीलाई भेट्न पुगेका सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरू राजीनामा नदिइ फर्किएका छन् । उनीहरु आज बिहान काठमाडौंको बालुवाटारस्थित निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न गएका थिए । राजीनामा दिन गएको जनाए पनि प्रधानमन्त्रीसँग छलफलपछि नदिएको पार्टीका नेताहरुले बताएका छन् । सरकारमा रास्वपाका तर्फबाट सभापति रवि लामिछाने उपप्रधान...
बाढीको पूर्वसूचना दिन झापाका जोखिमयुक्त तीन स्थानमा साइरन

बाढीको पूर्वसूचना दिन झापाका जोखिमयुक्त तीन स्थानमा साइरन

झापा । झापाका विभिन्न तीन स्थानमा बाढीको पूर्वसूचना दिने साइरन जडानको काम सुरु गरिएको छ । बाह्रदशी–१ को भागुडुब्बामा साइरन जडान कार्य सकिएको छ । उक्त साइरनले बाह्रदशीका दक्षिणी क्षेत्र, कचनकवलगायत क्षेत्रमा बाढीको पूर्वसूचना गराउने जनाइएको छ । यसैगरी झापा गाउँपालिका तथा गौरीगञ्जको कुन्जीबारीमा साइरन जडानको काम भइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोलीले साइरन ज...
विराटनगरमा पत्रकारमाझ गगनले भने, ‘इच्छाविपरीत सरकारमा जानुपर्ने अवस्था बन्यो’

विराटनगरमा पत्रकारमाझ गगनले भने, ‘इच्छाविपरीत सरकारमा जानुपर्ने अवस्था बन्यो’

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो व्यक्तिगत इच्छाविपरीत पार्टी सरकारमा जानुपर्ने परिस्थिति सिर्जना भएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । इच्छा नभए पनि सरकार निर्माणको कुरा कोही व्यक्ति वा एक दलका कारण मात्र नहुने उल्लेख गरे । वर्तमान आवश्यकता र विकसित परिस्थितिका कारण पार्टी सरकारमा सहभागी हुनुपर्ने बाध्यता आएको थापाल...
एकै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थामा सञ्चालक हुन नपाउने

एकै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थामा सञ्चालक हुन नपाउने

विराटनगर । एकै व्यक्ति एकै समयमा दुई वा सोभन्दा बढी सहकारी संस्थामा सञ्चालक हुन नपाइने भएको छ । त्यस्तो अवस्था भए एक महिनाभित्र छोड्नुपर्ने सहकारी विभागले जनाएको छ । विभागले हिजो परिपत्र जारी गर्दै दुई वा बढी संस्थामा भए छाड्न निर्देशन दिएको हो । एउटै व्यक्ति एकै समयमा दुई वा सोभन्दा बढी संस्थामा सञ्चालक बन्न नपाउने व्यवस्था सहकारी ऐन २०७४ को दफा ४१ मा उल्लेख भए पनि कार्यान्वयन भएको थिएन । अब ...
रक्सी सेवनबाट वर्षमा २६ लाख मानिसको मृत्युः डब्लुएचओ

रक्सी सेवनबाट वर्षमा २६ लाख मानिसको मृत्युः डब्लुएचओ

विराटनगर । रक्सी सेवनका कारण वर्सेनि विश्वका लाखौं मानिसको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांकअनुसार करेक वर्ष विश्वभर रक्सी सेवनका कारण २६ लाख मानिसको मृत्यु हुने गरेको छ । संगठनको एउटा ताजा प्रतिवेदनअनुसार उक्त संख्या विश्वभर हुने कूल मृत्युको ४ दशमलव ७ प्रतिशत हो । यसैगरी, लागुऔषधका कारण हरेक वर्ष ६ लाख जनाले ज्यान गुमाइरहेका छन् । यसमा पुरुषको संख्या ४ लाख छ । ...
कोशीका कतिपय क्षेत्रमा भारी वर्षाको सम्भावना

कोशीका कतिपय क्षेत्रमा भारी वर्षाको सम्भावना

विराटनगर । मनसुनी वायुको प्रभावले कोशी प्रदेशका केही क्षेत्रमा आज बिहानैदेखि वर्षा भइरहेको छ । दिउँसो पनि कोशीका कतिपय स्थानमा वर्षा हुने अनुमान गरिएको छ । कतिपय क्षेत्रमा हल्का अनि कतैकतै भारी वर्षा हुने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशीसहित बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना छ । यसैगरी, आज राति देशभर साधरणतयादेखि पूर्णतया बदली रहने...
अनलाइन ठगीमा संलग्न ५ जनाको समूह विराटनगरमा पक्राउ

अनलाइन ठगीमा संलग्न ५ जनाको समूह विराटनगरमा पक्राउ

विराटनगर । अनलाइन ठगीमा संलग्न समूहका ५ जनालाई प्रहरीले आज पक्राउ गरेको छ । उनीहरुले अनलाइनको माध्यमबाट ठगी गर्ने साथै सट्टेबाजी समेत गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा सप्तरीका २२ वर्षीय शिवशंकर यादव, २० वर्षीय दीपक मण्डल, मोरङको जहदाका २५ वर्षीय रन्जितकुमार यादव, विराटनगर–१६ का ३० वर्षीय जनार्दन यादव र २६ वर्षीय सिकिन्दर यादव छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबह...
सरकारमा सहभागी एमालेका ८ जना मन्त्रीले बुझाए राजीनामा

सरकारमा सहभागी एमालेका ८ जना मन्त्रीले बुझाए राजीनामा

विराटनगर । नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन् । बुधबार साँझ बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा पत्र बुझाएको मन्त्री ज्वालाकुमारी साहले जानकारी दिइन् । कांग्रेस एमाले सत्ता समीकरणका लागि सहमति जुटेपछि एमाले मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता भएको जनाएका हुन् । उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, कानुन, न्याय तथा सं...
सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

विराटनगर । नेकपा एमालेले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । नयाँ समीकरण बनिसकेकोले प्रधानमन्त्री प्रचण्डले पद त्याग्न नमानेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने स्थितिमा पुगेको हो । एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार एमाले नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नका लागि मार्ग प्रशस्त गर्न आग्रह गर्दै एमालेबाट सहभागी मन्त्रीहरूको सामूहिक...
घाँटीमा चना अड्किएर तीन वर्षीय बालकको मृत्यु

घाँटीमा चना अड्किएर तीन वर्षीय बालकको मृत्यु

दाङ । दाङको तुलसीपुरमा चना अड्किएर तीन वर्षीय बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका तीन वर्षीय राजेन्द्र घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार चना खाने क्रममा घाँटीमा अड्किएर उनको मृत्यु भएको हो। प्रहरीका अनुसार विद्यालयबाट घर आएपछि पकाएको चना खाने क्रममा घाँटीमा अड्किएर निसास्सिएका थिए । उनलाई...
विराटनगरमा डेंगु फैलन नदिन ‘लार्भा खोज र नष्ट’ अभियान सुरू

विराटनगरमा डेंगु फैलन नदिन ‘लार्भा खोज र नष्ट’ अभियान सुरू

विराटनगर । विराटनगरमा डेंगुको रोग नियन्त्रण तथा रोकथाम अभियान थालिएको छ । यसका लागि महानगरका १९ वटै वडामा डेंगु रोग सार्ने लार्भा नष्ट गर्न थालिएको छ । लार्भा नियन्त्रणका लागि महानगरले हरेक वडामा अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरेको जनाएको छ । यसैगरी, लार्भा खोजी र नष्ट गर्ने काम पनि सुरु गरिएको छ । अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयमसेविकासहित सरोकारवालाहरुको सहभागिता छ । ...
सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै सतर्कता अपनाउन आग्रह

सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै सतर्कता अपनाउन आग्रह

सुनसरी । केही दिनयताको निरन्तर वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढ्ने घट्ने भइरहेको छ । नदीमा पानीको बहाव बढ्ने क्रमसँगै तटीय क्षेत्रमा सतर्कता अपनाउन सुनसरी प्रशासनले आग्रह गरेको छ । सीमावर्ती मधेश प्रदेशको जिल्ला सप्तरीतर्फ पनि सतर्कता अपनाउन भनिएको छ । कोशीको बाढीबाट हुने सम्भावित क्षति कम गर्न दुवै जिल्लाका प्रशासन कार्यालय, प्रहरीलगायत निकाय सतर्क अवस्थामा बसेको जनाइएको छ । यसैक्रम...
सोलुखुम्बुमा खोलाले बगाएर शिक्षकको मृत्यु

सोलुखुम्बुमा खोलाले बगाएर शिक्षकको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा खोलाले बगाएर एकजना शिक्षकको मृत्यु भएको छ । उक्त गाउँपालिकाको वडा नम्बर १ स्थित पैया खोला तर्ने क्रममा बगेर मंगलबार अपराह्न ती शिक्षकको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा खुम्बु पासाङल्हामु–५ स्थित हिमालय आधारभूत विद्यालय नाम्चे बजारमा कार्यरत् शिक्षक माप्यदुधकोशी–२ का ३६ वर्षीय राजु राई छन् । खोला तर्ने क्रममा शिक्षक बगेको ...
धनकुटामा रडले टाउकोमा लाग्दा एकजनाको मृत्यु

धनकुटामा रडले टाउकोमा लाग्दा एकजनाको मृत्यु

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ मा फलामे रडले टाउकोमा लागेर एकजना मजदुरको मृत्यु भएको छ । उक्त वडास्थित रघुवा खोलाको निर्माणाधीन पुलमा काम गर्ने क्रममा रडले टाउकोमा लागेर मजदुरको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा पाँचथरको तुम्बेवा गाउँपालिका–२ का ४० वर्षीय मदन मगर छन् । मंगलबार अपराह्न पुलमा काम गर्ने क्रममा अचानक पुलबाट रड खसेर उनको टाउकोमा लागेको थियो । गम्भीर घाइते अवस...
फेरिएको राजनीतिक समीकरणपछि के हुन्छ कोशी सरकार ?

फेरिएको राजनीतिक समीकरणपछि के हुन्छ कोशी सरकार ?

विराटनगर । केन्द्रमा राजनीतिक समीकरण फेरिएपछि प्रदेशसम्म त्यसको प्रभाव पर्ने भएको छ । सात प्रदेशमध्ये मधेश सरकारको बाहेक नेतृत्व बाँडफाँड गर्ने मुख्य दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले गरेका छन् । यसको असर कोशी प्रदेशमा पनि पर्ने देखिएको छ । दुईबीचको सहमतिअनुसार कोशी प्रदेश सरकारको नेतृत्व एमालेकै हुने भनिएको छ । तर सरकारमा सहभागी हुने दलहरु भने फेरिने छन् । अहिले कोशी प्रदेश सरकारमा एमालेक...
बलात्कारविरुद्ध खोटाङमा बालबालिकाद्वारा प्रदर्शन

बलात्कारविरुद्ध खोटाङमा बालबालिकाद्वारा प्रदर्शन

खोटाङ । बलात्कारको विरोधमा खोटाङ सदरमुकामका बालबालिका विरोध प्रदर्शनमा उत्रिएका छन् । छात्रामाथि भएको बलात्कारको विरोधमा दिक्तेल बजारमा उनीहरुले प्रदर्शन गरेका हुन् । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित ज्योति माध्यमिक विद्यालयकी १३ वषीया छात्रालाई उक्त विद्यालयकै शिक्षक ५८ वर्षीय शम्भुप्रसाद घिमिरेले बलात्कार गरेको आरोप लागेको छ । प्रहरीले आरोपितलाई पक्राउ गरेको छ । बलात्कार घटनाको विरोध...
प्रदेशस्तरीय कबड्डीः सुनसरी शीर्ष स्थानमा

प्रदेशस्तरीय कबड्डीः सुनसरी शीर्ष स्थानमा

विराटनगर । विराटनगरमा जारी प्रदेशस्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगितामा सुनसरी जिल्ला शीर्ष स्थानमा पुगेको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको प्रतियोगिताको दोस्रो दिन ३ खेल खेल्दै ६ अंकका साथ सुनसरी शीर्ष स्थानमा रहन सफल भएको हो । ताप्लेजुङ र पाँचथर समान अंक ४–४ का साथ दोस्रो स्थानमा छन् । उनीहरुले २–२ खेल खेल्दै जित निकालेका थिए । सोलुखुम्बुले १ खेलमा जित १ खेल बराबरी र १ खेल ...
‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन कांग्रेस–एमाले सहकार्य’

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन कांग्रेस–एमाले सहकार्य’

विराटनगर । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्रामक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस र नेकपा एमालेले सहकार्य गरेको बताएका छन् । नेपाल प्रेस युनियन मोरङले आज विराटनगरमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । दुई ठूला पार्टीले अरु दललाई साथमा लिएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई बल पुग्ने गरी संविधान संशोधनको प्रयास गर्ने उनले बत...
पोखरीमा डुबेर सिरहाका २ बालकको मृत्यु

पोखरीमा डुबेर सिरहाका २ बालकको मृत्यु

सिरहा । सिरहामा पोखरीमा डुबेर दुईजना बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार नरहा गाउँपालिका–३ का सुशील मण्डका सात वर्षीय राहुल मण्डल र उनका भान्जा ८ वर्षीय आशिष मण्डलको मृत्यु भएको हो । हिजो दिउँसोदेखि हराइरहेका उनीहरुलाई प्रहरी र स्थानीय बासिन्दा मिलेर खोजी गरेका थिए । त्यस क्रममा आज बिहान बस्ती छेउकै पोखरीमा तैरिरहेको अवस्थामा उनीहरु मृत भेटिएका हुन् । इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार...
स्थानीय तहलाई सक्षम र बलियो बनाउनुपर्छः मुख्यमन्त्री कार्की

स्थानीय तहलाई सक्षम र बलियो बनाउनुपर्छः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्थानीय तहलाई अझ सक्षम र बलियो बनाउनुपर्ने बताएका छन् । केन्द्र र प्रदेशभन्दा जनताका लागि सेवा प्रवाहमा स्थानीय तहको हुने भन्दै उनले यस्तो बताएका हुन् । प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आजदेखि विराटनगरमा सुरु भएको न्यायिक समितिको तीन दिने कार्यशाला उद्घाटनका अवसरमा बोल्दै मुख्यमन्त्री कार्कीले स्थानीय तह जति धेरै सक्...
प्रधानमन्त्री दाहालले राजीनामा नदिने

प्रधानमन्त्री दाहालले राजीनामा नदिने

विराटनगर । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाललले राजीनामा नदिने निर्णय गरेको छ । प्रधानमन्त्री निवासमा बसेको माओवादी पदाधिकारीको आकस्मिक बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो । पार्टीका सचिव देवेन्द्र पौडेलले बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘प्रधानमन्त्रीले गलेर राजीनामा दिने कुरा हुँदैन । संविधान बमोजिम संसदबाट विश्वासको मतको सामना गर्ने नि...
एसईई पूरक परीक्षाको तालिका सार्वजनिक

एसईई पूरक परीक्षाको तालिका सार्वजनिक

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको तालिका सार्वजनिक गरेको छ । परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ । बोर्डको निर्णयअनुसार एसईईमा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीका लागि पूरक (ग्रेडवृद्धि) परीक्षा सञ्चालन गर्ने गरेको थियो । परीक्षाको आवेदन फाराम परीक्षा नियन्त्रण कार्यालयक...
कोइरालाको शताब्दी जन्मजयन्ती मनाउँदै कांग्रेस

कोइरालाको शताब्दी जन्मजयन्ती मनाउँदै कांग्रेस

विराटनगर । नेपाली कांग्रेसले पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाउँदैछ । यसै अवसरमा काठमाडौंको सानेपास्थित केन्द्रीय कार्यालयमा कोइरालाका जीवनसँग सम्बन्धित फोटो प्रदर्शनी गरिने भएको छ । गृहनगर विराटनगरलगायत देशका विभिन्न जिल्लामा पनि कोइरालाको स्मृतिमा कार्यक्रम गरिने पार्टीले जनाएको छ । भारतको सहर्सामा सन् १९२४ जुलाई ४ मा जन्मिएका कोइरालाको २०१० मा...
२७ देश पुग्छ नेपालको छुर्पी

२७ देश पुग्छ नेपालको छुर्पी

इलाम । नेपालमा उत्पादिन छुर्पी विभिन्न २७ देशमा पुग्ने गरेको छ । नेपालबाट वार्षिक तीन अर्ब रुपैयाँभन्दा बढीको छुर्पी निर्यात हुँदै आएको छ । वार्षिक करिब ३६ लाख किलो छुर्पी उत्पादन हुने गरेको नेपाल डेरी एसोसिएसनले जनाएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा १५ लाख ३७ हजार १८६ किलो छुर्पी निर्यात भएको छ । यसबाट २ अर्ब ९७ करोड ७५ लाख रुपैयाँ आम्दानी भएको विभागको तथ्यांकमा उल्लेख...
ताप्लेजुङको फुङलिङ नगरपालिकाका सबइन्जिनियर घुसहित पक्राउ

ताप्लेजुङको फुङलिङ नगरपालिकाका सबइन्जिनियर घुसहित पक्राउ

ताप्लेजुङ । सदरमुकाम फुङलिङ नगरपालिकाका सबइञ्जिनियर मो. अख्तर हुसैन एक लाख घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट आएको टोलीले उनलाई हिजो अपराह्न नियन्त्रणमा लिएको हो । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाका आधारमा निगरानी गर्दा घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको हो । इन्जिनियर हुसैनले फुङलिङ...
अमेरिकाको ओहायोमा नेपाली गुरुहरुले दिए योग प्रशिक्षण

अमेरिकाको ओहायोमा नेपाली गुरुहरुले दिए योग प्रशिक्षण

विराटनगर । अमेरिकाको ओहायोमा जीवन विज्ञान संस्थाका अगुवा गुरुहरुले योग प्रशिक्षण दिएका छन् । ‘चक्र विज्ञान’ मा आधारित योग प्रशिक्षण दिइएको हो । प्रशिक्षण एक सातासम्म चलेको थियो । एनआरएनए अमेरिकाका संयोजक मोहन न्यौपानेले सातदिनमा पूरै जीवन नै नयाँ भएको अनुभव सुनाए । उनले योग र ध्यानको ज्ञानसँगै प्रयोग र अभ्यासले आफूमा परिवर्तन भएको महसुस गरेको बताए । डा. रुद्र भट्टले जीवनमा कही पनि नपाएको ज्ञान ...
error: Content is protected !!