मोरङ–४ : रास्वपाका सन्तोष २४ हजार ७१२ मतान्तरले विजयी

मोरङ–४ : रास्वपाका सन्तोष २४ हजार ७१२ मतान्तरले विजयी

विराटनगर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत मोरङ क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सन्तोष राजवंशी विजयी भएका छन् । उनले ३६ हजार ८५९ मत प्राप्त गरेका छन् । उनलाई पछ्याएका नेपाली काँग्रेसका गुरुराज घिमिरेले १२ हजार १४७ मत प्राप्त गरेका छन् । राजवंशीले २४ हजार ७१२ मतान्तरले जित हासिल गरेका हुन् । राजवंशी पूर्व पत्रकार हुन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ...
अहिलेसम्म को–को कहाँबाट विजयी भए ?

अहिलेसम्म को–को कहाँबाट विजयी भए ?

विराटनगर । प्रतिनिध सभा सदस्य निर्वाचन अन्तरगत हालसम्म ११ स्थानको मतपरिणाम सार्वजनिक भएको छ । याे समाचार तयार पादार्सम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी ६ स्थानमा जित हासिल गरेको छ । यस्तै नेपाली काँग्रेसले ३ र नेपाली कम्युनिष्ट पार्टीले २ स्थानमा जितेको छ । रास्वपाका उम्मेदवार गणेश पराजुली काठमाडौं–७ बाट २७८०५ मत प्राप्त गर्दै विजयी भएका छन् । उनलाई पछ्याएका काँग्रेस उम्मे...
रुकुम पूर्वमा नेकपाका प्रचण्ड विजयी

रुकुम पूर्वमा नेकपाका प्रचण्ड विजयी

विराटनगर । रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् । कुल १९ हजार १८८ मत खसेको रुकुम पूर्वमा १५ हजार ८२३ मत गणना भइसकेको छ । जसमा प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका लिलामणि गौतमले ३ हजार १७ मत ल्याएका छन् । अब ३ हजार ३६५ मत गणना गर्न बाँकी भएपनि गणना गर्न बाँकी रहेको मतभन्दा प्रचण्ड ५ हजार ४६० म...
रास्वपा ९३ स्थानमा अगाडि हुँदा अन्य दलको अवस्था के छ ?

रास्वपा ९३ स्थानमा अगाडि हुँदा अन्य दलको अवस्था के छ ?

विराटनगर । बिहीबार भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी छ । हालसम्म प्राप्त जानकारी अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली काँग्रेसले एकएक स्थानमा जित हासिल गरेका छन् । यो समाचार तयार पार्दासम्म रास्वपाले ९३ स्थानमा अग्रता कायम गरेको छ । यस्तै नेपाली काँग्रेसले ११ स्थानमा अग्रता बनाउँदा नेकपा एमालेले १० र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ९ स्थानमा अग्रता बनाएको छ । यस्तै राष्...
धनकुटामा श्रम संस्कृति पार्टीका सानबहादुरको अग्रता

धनकुटामा श्रम संस्कृति पार्टीका सानबहादुरको अग्रता

धनकुटा । धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले अग्रता बनाएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत जारी मतगणनामा उनले १५९० मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेका राजेन्द्र राईले १०४०, नेपाली काँग्रेसका दिनेश राईले ७३४, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दिनेश भण्डारीले १४४ र नपाली कम्युनिष्ट पार्टी (नेकपा) का धर्मराज पौडेलले २५ मत प्राप्त गरेका छन् ।
मोरङ–२ को मतगणनास्थलमै हृदयघातका कारण रास्वपा नेता रेग्मीको निधन

मोरङ–२ को मतगणनास्थलमै हृदयघातका कारण रास्वपा नेता रेग्मीको निधन

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङका जिल्ला सदस्य दुर्गा रेग्मीको निधन भएको छ । मोरङ–२ को मतगणनास्थलमा हृदयघातका कारण उनको मृत्यु भएको रास्वपा नेताले बताएका छन् । उनी मतगणना प्रतिनिधि भएर मोरङ क्षेत्र नम्बर २ को सिजुवास्थित विश्वनाथत मन्दिरमा रहेका थिए । शव पोस्टमार्टमका लागि कोशी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।
धनकुटामा एमालेको सुरुवाती अग्रता

धनकुटामा एमालेको सुरुवाती अग्रता

धनकुटा । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत धनकुटामा नेकपा एमालेका राजेन्द्र राईले सुरुवाती अग्रता बनाएका छन् । साँगुरीगढी वडा नम्बर १ र २ को मतगणना सम्पन्न हुँदा राईले ५१४ मत प्राप्त गरेका छन् । श्रम संस्कृति पार्टीका सानबहादुर राईले ५१० मत प्राप्त गर्दै उनलाई पछ्याइरहेका छन् । यस्तै नेपाली काँग्रेसका उम्मेदवार दिनेश राईले १८८, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दिनेश भण्डारीले २३ र ने...
मुस्ताङमा काँग्रेसका योगेश गौचन विजयी

मुस्ताङमा काँग्रेसका योगेश गौचन विजयी

विराटनगर । नेपाली काँग्रेसले प्रतिनिधि सभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ । काँग्रेसका योगेश गौचनले ३ हजार ३०७ मत ल्याएर विजयी भएका हुन् । उनका  निकटतम प्रतिस्पर्धी नेकपा एमालेका इन्द्र धारा विष्टले १ हजार ८ सय ६ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका अद्वितीय चन्द्र थकालीले ७ सय ५९ मत पाउँदा अरु दल निकै कम मत पाएका छन् । मुस्ताङबाट शेरचनले ०७९ को निर्वाचनमा पनि जितेका थिए ।
मोरङका ६ क्षेत्रमध्ये ५ वटामा रास्वपा र एउटामा श्रम संस्कृति अगाडि

मोरङका ६ क्षेत्रमध्ये ५ वटामा रास्वपा र एउटामा श्रम संस्कृति अगाडि

विराटनगर । मोरङका ६ वटा क्षेत्रमध्ये ५ वटामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता कायम गरेको छ । एउटा क्षेत्रमा भने श्रम संस्कृति पार्टीका उम्मेदवारले अग्रता बनाएका छन् । प्रतिनिधि सभा निर्वाचन अन्तरगत जारी मत गणनामा मोरङ ३ मा श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगर अगाडि छन् । उनले पछिल्लो मत परिणाम अनुसार ५५४ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेस उम्मेदवार सुनिल शर्मा ३३६ मतसहित ...
मोरङ–४ मा रास्वपाका सन्तोष ८९१६ मतले अगाडि

मोरङ–४ मा रास्वपाका सन्तोष ८९१६ मतले अगाडि

विराटनगर । मोरङ क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले फराकिलो अन्तर बनाएका छन् । पछिल्लो मत परिणाम अनुसार राजवंशी ८९१६ मतले अगाडि छन् । उनलाई पछ्याइरहेका नेपाली काँग्रेसका गुरुराज घिमिरेले २६४८ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार अमनलाल मोदीले २४२८ मत प्राप्त गर्दा नेकपा एमालेका जीवन घिमिरेले १९५३ मत पाएका छन् ।
धनकुटामा मतगणना सुरु 

धनकुटामा मतगणना सुरु 

धनकुटा । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत धनकुटामा मतगणना सुरु भएको छ । सामुदायिक भवनमा अहिले केहीबेर अघि मतगणना सुरु भएको हो । आज बिहान ८ बजे बसेको सर्वदलीय बैठकले १० बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको भएपनि केही ढिलोगरी मतगणना सुरु भएको हो । धनकुटामा तीन स्वतन्त्रसहित १७ जना उम्मेदवार छन् ।
भोजपुरमा १२ बजेपछि मतगणना हुने

भोजपुरमा १२ बजेपछि मतगणना हुने

भोजपुर । भोजपुरमा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना आज दिउँसो १२ बजेपछि सुरु गर्ने तयारी गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले उम्मेदवार र उनीहरूका प्रतिनिधिहरूसँग सर्वदलीय बैठक बसिरहेको छ । बिहान ११ बजेदेखि सुरु भएको सो छलफलमा मतगणनाको समय र प्रक्रियाका बारेमा अन्तिम निर्णय लिइनेछ । छलफल सकिएलगत्तै मतगणनाको टुङ्गो लाग्ने र आधिकारिक सूचना जारी गरिने कार्यालयले जनाएको ...
रास्वपाको ४५ स्थानमा अग्रता, अन्य पार्टीको के छ अवस्था ?

रास्वपाको ४५ स्थानमा अग्रता, अन्य पार्टीको के छ अवस्था ?

विराटनगर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत हालसम्म देशैभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा अगाडि देखिएको छ । यो समाचार तयार पार्दासम्म रास्वपाले काठमाडौं–१ बाट जित दर्ता गरिसकेको छ भने ४५ स्थानमा अग्रता बनाएको छ । नेपाली काँग्रेसले ६ स्थानमा अग्रता बनाउँदा नेकपा एमाले ४ स्थानमा अगाडि छ । यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ३ स्थानमा अग्रता बनाउँदा राष्ट्रिय प्रजातन्त्र ...
काठमाडौं–१ बाट रास्वपाकी रञ्जु दर्शना विजयी

काठमाडौं–१ बाट रास्वपाकी रञ्जु दर्शना विजयी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं–१ बाट खाता खोलेको छ । रास्वपाकी उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) १५ हजार ४५५ मत ल्याउँदै विजयी भएकी हुन् । यस्तै काँग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत पाएका छन् भने राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले ३ हजार ९७२ मत ल्याएका छन् । रञ्जु निर्वाचित औपचारिक घोषणा गर्न भने हुन बाँकी छ ।
मतगणना सुरु भएका मोरङका तीन क्षेत्रमा रास्वपाको अग्रता

मतगणना सुरु भएका मोरङका तीन क्षेत्रमा रास्वपाको अग्रता

विराटनगर । मतगणना सुरु भएका मोरङका तीन वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता बनाएका छन् । पछिल्लो मत परिणाम अनुसार मोरङ क्षेत्र नम्बर ४ मा रास्वपाका सन्तोष राजवंशी फराकिलो मतले अगाडि छन् । राजवंशीले ५ हजार ६३६ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका काँग्रेसका गुरुराज घिमिरेले ९५३ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कम्युनिष्ट पार्टीका अमनलाल मोदीले ९१९ मत प्राप्त गर्दा...
मोरङ–४ मा रास्वपाका राजवंशीको फराकिलो अग्रता

मोरङ–४ मा रास्वपाका राजवंशीको फराकिलो अग्रता

विराटनगर । मोरङ क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सन्तोष राजवंशीले फराकिलो अग्रता बनाएका छन् । पछिल्लो अपडेट अनुसार राजवंशीले ५ हजार ६३६ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका काँग्रेसका गुरुराज घिमिरेले ९५३ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कम्युनिष्ट पार्टीका अमनलाल मोदीले ९१९ मत प्राप्त गर्दा नेकपा एमालेका जीवन घिमिरेले ५८६ मत प्राप्त गरेका छन् । यो कटहरी १, २ र ...
धनकुटामा ५४ प्रतिशत मतदान

धनकुटामा ५४ प्रतिशत मतदान

धनकुटा । धनकुटामा ५४.४५ प्रतिशत मत खसेको छ । आज भएको प्रतिनिधि सभा निर्वाचनमा कुल १ लाख १८ हजार ४ सय २५ मतदातामध्ये ६४ हजार ४ सय ९० जनाले मतदान गरेका हुन् । जसमध्ये ३२ हजार १ सय ५६ पुरुष र ३२ हजार ३ सय ३४ महिलाले मतदान गरेका छन् । प्रतिनिधि सभा निर्वाचनमा धनकुटामा एउटा मात्रै क्षेत्र छ ।
कोशी प्रदेशमा ५२.४८ प्रतिशत मत खस्यो

कोशी प्रदेशमा ५२.४८ प्रतिशत मत खस्यो

विराटनगर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत कोशी प्रदेशमा ५२.४८ प्रतिशत मत खसेको छ । प्रारम्भिक विवरण अनुसार कोशीमा १८ लाख ७६ हजार ५० मत खसेको हो । कोशीका ३५ लाख ७४ हजार ३ सय १० मतदाता मध्ये १६ लाख ९८ हजार बढी मतदाता मतदानमा सहभागि नभएको प्रारम्भिक विवरण छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार प्रदेशभरि मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । मतदान सम्पन्न गर्नका २५ हजार ७ सय ६४...
देशभर ६० प्रतिशत मत खस्यो 

देशभर ६० प्रतिशत मत खस्यो 

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत देशभर ६० प्रतिशत मत खसेको छ । निर्वाचन आयोगले आज साँझ पत्रकार सम्मेलन गर्दै देशभर ६० प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको जनाएको हो । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको जानकारी दिए । आयोगले सवै क्षेत्रका मतपेटिका संकलन गरेर प्रक्रियाअनुसार मतगणना सुरु हुने जनाएको...
शान्तिपूर्ण रूपमा मतदान सम्पन्न

शान्तिपूर्ण रूपमा मतदान सम्पन्न

विराटनगर । प्रतिनिधि सभा सदस्यको निर्वाचन देशभर शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । आज बिहान ७ बजेबाट सुरु भएको मतदानको समय साँझ ५ बजे सकिएको हो । मतदानको समय सकिएपनि मतदानका लागि लाइनमा बसेका मतदाताले मतदान गर्न पाउने जनाइएको छ । मतदान सकिएपछि मतगणना स्थलसम्म मतपेटिका सकल गरिने छ ।
मोरङमा कुन क्षेत्रको मतगणना कहाँ हुन्छ ?

मोरङमा कुन क्षेत्रको मतगणना कहाँ हुन्छ ?

विराटनगर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत मोरङका ६ वटै क्षेत्रको मतगणना फरक-फरक स्थानमा हुनेछ । जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रत्येक क्षेत्रका लागि अलग-अलग मतगणना केन्द्र निर्धारण गरिएको छ । मोरङ क्षेत्र नम्बर १ को मतगणना उर्लाबारी नगरपालिकाको कार्यालयमा हुनेछ भने २ नम्बर क्षेत्रको मतगणना सिजुवाको विश्वनाथ मन्दिर परिसरमा गरिनेछ । कार्यालयका अनुसार क्षेत्र नम्बर ३ को मतगणना बेलबारीस...
विराटनगरमा यसरी हुँदैछ मतदान (फोटो फिचर)

विराटनगरमा यसरी हुँदैछ मतदान (फोटो फिचर)

विराटनगर । विराटनगरमा प्रतिनिधि सभा सदस्य निर्वाचन भयरहित वातावरणमा भइरहेको छ । साँझ ५ बजेसम्म हुने मतदानमा मोरङका ६ वटै क्षेत्रका मतदान केन्द्रमा मतदाताको उल्लेख्य सहभागिता रहेको छ । जेनजी आन्दोलनपछि भएको निर्वाचनबाट निर्वाचित हुने प्रतिनिधिले देश र जनताका पक्षमा काम गरुन् भन्ने मतदाताले अपेक्षा गरेका छन् । मोरङमा अपराह्‍न ४ बजेसम्म ५१.९४ अर्थात ४ लाख ६७ हजार १५ मत खसेको छ । मोरङमा जम्मा ७ लाख...
मोरङमा ५१ प्रतिशत मतदान

मोरङमा ५१ प्रतिशत मतदान

विराटनगर । मोरङका ६ वटा क्षेत्रमा हालसम्म ५१.९४ प्रतिशत मत खसेको छ । जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार अपराह्‍न ४ बजेसम्म मोरङका सबै क्षेत्रमा ४ लाख ६७ हजार १५ मत खसेको हो । मोरङमा जम्मा ७ लाख ८३ हजार ५० मतदाता छन् । हालसम्म मोरङ–५ मा सबैभन्दा बढी ५८.४२ प्रतिशत मतदान भएको छ । यस्तै मोरङ–४ मा ५७.४९, ६ मा ५६.४७, १ मा ५२.१६, ३ मा ४५.८८ र २ मा ४४.६० प्रतिशत मत खसेको छ ।
मोरङमा १५ प्रतिशत बढी मतदान

मोरङमा १५ प्रतिशत बढी मतदान

विराटनगर । मोरङका ६ वटै क्षेत्रमा हालसम्म १५ प्रतिशत बढी मतदान भएको छ । जिल्लाका ८ सय ८८ मतदानस्थलमा १ लाख १७ हजारभन्दा बढी मतदान भइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मोरङमा ७ लाख ८३ हजार ५० मतदाता छन् । क्षेत्र नम्बर १ मा १०, २ मा १६, ३ मा १०, ४ मा १६, ५ मा २१ र ६ मा १६ प्रतिशत बढी मतदान भएको छ ।
विराटनगरका मतदान स्थलमा मतदाताको बाक्लो उपस्थिति (फोटो फिचर)

विराटनगरका मतदान स्थलमा मतदाताको बाक्लो उपस्थिति (फोटो फिचर)

विराटनगर । प्रतिनिधि सभा निर्वाचन २०८२ को मतदान देशभर सुरु भएको छ । आज बिहान ७ बजेबाट मतदान सुरु भएको हो । देशभरसँगै विराटनगरका मतदान स्थलमा पनि मतदाताहरूको सहभागिता बाक्लो छ । मतदाताले बेलुका ५ बजेसम्म मतदान गर्न पाउनेछन् । निर्वाचन आयोगले मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र, राहदानी वा लालपूर्जा देखाएर मतदान गर्न सकिने जनाएको छ । महिला र पुरुषक...
अशक्त, वृद्धवृद्धा, गर्भवती र अपाङ्गता भएका मतदातालाई विशेष प्राथमिकता

अशक्त, वृद्धवृद्धा, गर्भवती र अपाङ्गता भएका मतदातालाई विशेष प्राथमिकता

विराटनगर । अशक्त, वृद्धवृद्धा, गर्भवती र अपाङ्गता भएका मतदाताका लागि निर्वाचन आयोगले विशेष सहजता प्रदान गरेको छ । आयोगका सूचना अधिकारी सुमन घिमिरेले आज विराटनगरमा पत्रकारहरूसँगको भेटघाटमा उनीहरूलाई विशेष सहजता प्रदान गरिएको बताएका हुन् । मतदान केन्द्रसम्म पुग्न उनीहरूलाई सवारी साधनको पासको झन्झट हटाइएको उनले बताए । उनीहरूले एकजना सहयोगी लिएर सवारी साधनमा सिधै मतदान केन्द्रसम्म जान पाउनेछन् घिमि...
मोरङमा निर्वाचन बहिष्कार गर्दै हिँडेका नेकपा बहुमतका दुई नेता पक्राउ

मोरङमा निर्वाचन बहिष्कार गर्दै हिँडेका नेकपा बहुमतका दुई नेता पक्राउ

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका-६ बाट नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का दुई नेता पक्राउ परेका छन् । निर्वाचन बहिष्कार अभियानमा संलग्न रहेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेकपा बहुमतका मोरङ जिल्ला इन्चार्ज सुन्दरहरैंचा नगरपालिका-१० का ५६ वर्षीय कृष्ण प्रसाद चम्लागाईं र मोरङ जिल्ला सचिव झापाको दमक नगरपालिका-५ का ३७ वर्षीय सुमन पौडेल छन् । इलाका प्रहरी कार्याल...
सुन्दरहरैंचास्थित पूर्व-पश्चिम राजमार्गमा भेटिएको वस्तु बम नभएको पुष्टि

सुन्दरहरैंचास्थित पूर्व-पश्चिम राजमार्गमा भेटिएको वस्तु बम नभएको पुष्टि

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-१० स्थित पूर्व-पश्चिम राजमार्गमा भेटिएको शंकास्पद बस्तु बम नभएको पुष्टि भएको छ । आज अपरान्ह १२ः१५ बजे सडकको उत्तर साइडमा कालो टेपले बेरेको र कालो तार बाहिर निकालिएको अवस्थामा भेटिएको बस्तु बम नभएको पुष्टि भएको हो । नेपाली सेनाको टोलीले डिस्पोज गर्ने क्रममा उक्त वस्तु बम नभएको पत्ता लागेको मोरङ प्रहरीका सूचना अधिकारी हरिनन्दन चौधरीले संगालोखबरलाई जानकारी...
मतदानको समयमा देशैभर हेलिकप्टरबाट गस्ती गर्ने सुरक्षा समितिको निर्णय

मतदानको समयमा देशैभर हेलिकप्टरबाट गस्ती गर्ने सुरक्षा समितिको निर्णय

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशैभर हेलिकप्टरबाट गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको बैठकले निर्णय गरेको छ । आज गृहमन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा बसेको बैठकले मतदानको समयमा हेलिकप्टरबाट गस्ती गर्ने निर्णय गरेको हो । भोलि देशभर प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ । बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुखहरू...
मोरङको सुन्दरहरैंचास्थित पूर्व-पश्चिम राजमार्गमा शंकास्पद वस्तु फेला

मोरङको सुन्दरहरैंचास्थित पूर्व-पश्चिम राजमार्गमा शंकास्पद वस्तु फेला

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-१० स्थित पूर्व-पश्चिम राजमार्गमा शंकास्पद वस्तु फेला परेको छ । आज अपरान्ह १२ः१५ सडकको उत्तर साइडमा कालो टेपले बेरेको र कालो तार बाहिर निकालिएको अवस्थामा सानो डल्लो भेटिएको हो । अहिले इलाका प्रहरी कार्यालय बेलबारीबाट पुगेको प्रहरी टोलीले घटनास्थललाई सुरक्षित राखेको छ । उक्त वस्तु डिस्पोज गर्न नेपाली सेनासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुस...
मतदान केन्द्र निर्धारण भएपछि निर्वाचनका दिन धनकुटाको बिहीबारे हाट बन्द हुने

मतदान केन्द्र निर्धारण भएपछि निर्वाचनका दिन धनकुटाको बिहीबारे हाट बन्द हुने

धनकुटा । धनकुटा बजारमा लाग्दै आएको साप्ताहिक बिहीबारे हाट निर्वाचनका कारण बन्द हुने भएको छ । भोलि हुने प्रतिनिधि सभा निर्वाचनको मतदान केन्द्र निर्धारण भएकाले हटिया बन्द हुने भएको हो । धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईद्वारा जारी सूचनामा मतदान केन्द्र निर्धारण भएकाले हाट नलाग्ने उल्लेख गरिएको छ । धनकुटा नगरपालिका-५ कोप्चेस्थित ऐतिहासिक साप्ताहिक बिहीबारे हाट सय वर्षभन्दा पनि अ...
error: Content is protected !!