सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड, कति पुग्यो तोलामा ?
विराटनगर । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको छ । आज प्रतितोला दुई हजार रुपैयाँ बढेर सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ५० हजार नौ सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला दुई लाख ४८ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला तीन हजार दुई सय...































