संगालोखबर सम्बाददाता

बिराटनगर । प्रदेश १ का पाँच जिल्लामा आज ७२ जना कोरोना संक्रमित थपिएका छन् । झापा, मोरङ, सुनसरी, संखुवासभा र पाँचथरमा कोरोना संक्रमित थपिएका हुन् ।

Advertisement

झापाको शिवसताक्षी नगरपालिकामा १ जना, कमल गाउँपालिकामा ९ जना र हल्दिवारी गाउँपालिकामा १ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । त्यस्तै, मोरङको बिराटनगर महानगरपालिकाका ७ जना, लेटाङका ३ जना, सुन्दरहरैंचाका २ जना र रंगेलीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तैगरी सुनसरीको धरानका ९ जना, देवान्गन्जका ४ जना, ईटहरीका ५ जना, कोशीका ३ जना र ईनरुवाका २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यता, संखुवासभाको पाँचखपनका १ जना तथा खाँदवारीका १ जना र पाँचथरको फाल्गुनन्दका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको सामाजिका बिकास मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ४४ पुगेको छ । जसमध्ये १ हजार ५ सय ८ जना निको भएका छन् । प्रदेश १ मा मृत्यु हुँने कोरोना संक्रमितको संख्या २८ पुगेको छ । जसमध्ये २० जना प्रदेश १ का हुन् भने बाँकी ८ जना १ नम्बर प्रदेश बाहिरका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!