- संगालोखबर सम्बाददाता

धनकुटा । पहिरोका कारण कोशी राजमार्गको धनकुटा–धरान सडक खण्ड अवरुद्ध भएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ घण्टे नजिक पहिरोले सडक पुर्दा शुक्रबार बिहान करिब साँढे ११ बजेबाट सडक अवरुद्ध भएको हो ।

अबिरल बर्षाका कारण लेदोसहितको पहिरो आएर सडक पुरिएको छ । सडक अवरुद्ध हुँदा दर्जनौं सवारी साधन रोकिएका छन् । सो स्थानमा यसअघि पनि पटक–पटक सडक अवरुद्ध हुँदै आएको थियो । अहिले माटो पन्साएर सडक खुलाउँने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement

धनकुटामा केही दिन यता नियमित बर्षा भईरहेको छ । निरन्तरको बर्षाका कारण बिभिन्न ठाउँमा पहिरो खस्ने क्रम बढ्दै गएको छ । धनकुटाको रुद्रबारीमा पनि पहिरोका कारण आज बिहान केही समय कोशी राजमार्ग अवरुद्ध भएको थियो ।

अपडेट
यसैबीच पहिरो पन्साएपछि दिउँसोबाट कोशी राजमार्ग खुलेको छ । सवारी साधन सञ्चालन भईरहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!