गोमा ढुंगाना/संगालोखबर

बिराटनगर । बिराटनगर महानगरपालिका–१६ बाट आज बिहान लागुऔषधसहित एक जना पक्राउ परेका छन् । बिहान करिव ८ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर–१२ का १९ बर्षीय अजय कामतलार्ई पक्राउ गरेको हो ।

Advertisement

उनको साथबाट लागुऔषध नाईट्राभेट १० चक्की बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका कामतको कारोबारका बिषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement