विराटनगर । प्रदेश १ मा सोमबार ३३२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १४४, सुनसरीमा १३१, झापामा ४१, उदयपुरमा ६, संखुवासभामा ४ र इलाममा १ कोरोना संक्रमित थपिएका हुन् ।
सामाजिक बिकास मन्त्रालयका अनुसार धरानमा १ सय जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये ४९ महिला र ५१ पुरुष छन् । मोरङको विराटनगरमा ७१, बेलबारीमा ३१, कानेपोखरीमा १२, सुन्दरहरैचामा ९, पथरीशनिश्चरेमा ६, कटहरी, बुढीगंगा र उर्लाबारीमा ३/३, रतुवामाईमा २, रंगेली, जहदा, ग्रामथान र लेटाङमा १/१ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
सुनसरीको इटहरीमा २१, इनरुवा, रामधुनी, झोक्राहानरसिंह र गढीमा २/२, बर्जु र स्थानीय तह नखुलेका १/१, झापाको मेचीनगरमा १०, विर्तामोडमा ९, दमकमा ६, भद्रपुरमा ४, गौरादहमा ३, झापा गाउँपालिकामा २, अर्जुनधारा, बुद्धशान्ति र कमल गाउँपालिकामा १/१ र स्थानीय तह नखुलेका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यस्तै, उदयपुरको त्रियुगामा ६, संखुवासभाको धर्मदेवीमा ३ र मादीमा १ र इलामको रोङमा १ जना संक्रमित भएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १३ हजार ९८८ पुगेको छ । जसमध्ये ६ हजार ३९ जना निको भएका छन् ।
सोमबार पनि प्रदेश १ का ४६५ जना निको भएका छन् । होम आईसोलेसनमा रहेका ४५५ जना कोरोनामुक्त भएका छन् । विराट मेडिकल कलेजबाट ७ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।