गोमा ढुंगाना/संगालोखबर
सांकेतिक तस्वीर

पाँचथर । पाँचथरमा मलामी गएका बेला काबेली खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । खोलाले बगाउँदा बेपत्ता भएका हिलिहाङ गाउँपालिका–२ धुसेनीका ४५ बर्षीय कुमार बस्नेतको शव फेला परेको हो ।

मंगलवार बिहान ११ बजे मलामी गएका बेला काबेली खोलामा पौडी खेल्न क्रममा बस्नेतलाई खोलाले बगाएको थियो । खोलाले बगाएर बेपत्ता भएका बस्नेतको खोजतलास गर्ने क्रममा बगाएको स्थानभन्दा करिव १ सय मिटर तल शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement