प्रदेश प्रमुख सुब्बाले भने ‘सामाजिक सद्भाव र धार्मिक सहिष्णुता जोगाऔं’ (भिडियोसहित)
धनकुटा, १० जेठ । १ नम्बर प्रदेश प्रमुख डा.गोविन्द सुब्बाले देशमा अखण्डता, जातियता र धार्मिक सहिष्णुता कायम गर्न धार्मिक कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।
धनकुटाको निशान भगवती मन्दिरमा सञ्चालित श्रीमद देवी भागवत नवाह ज्ञान महायज्ञको बिहीबार समापन कार्यक्रममा बोल्दै प्रदेश प्रमुख डा.सुब्बाले यस्तो बताएका हुन् ।
नेपालीमा धार्मिक शहिष्णुताको भावना भएकाले मुलुकमा राष्ट्रिय एक...