- ईश्वर थापा/संगालोखबर

धनकुटा, २७ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैशाख ९ गते एमाले र माओवादी केन्द्रवीच पार्टी एकताको घोषणा हुँने दावी गरेका छन् ।

धनकुटाको पाख्रीबासमा मंगलबार कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्र्तरगत कृषि संकायको प्राकृतिक स्रोत व्यवस्थापन कलेज कक्षा उद्घाटन तथा भवन शिलान्यास गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

Advertisement

पार्टी एकताका लागि गठित दुई समितिले प्रतिवेदन बुझाईसकेको भन्दै अध्यक्ष दाहालले हजारौं जनसमुदायका बीचमा पार्टी एकता घोषणाको तयारी भईरहेको उल्लेख गरे । ‘अन्तरिम राजनीतिक प्रतिवेदन लेखन समिति र विधान तथा संगठन निर्माण समितिको प्रतिवेदनका आधारमा छलफल गरेर दुवै पार्टीका संगठन भंग गर्ने तयारी भईरहेको छ ।’ दाहालले भने ।

कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष दाहाल । तस्वीर: ईश्वर थापा/संगालोखबर

पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले विकास, स्थायित्व, समृद्धि र सुशासनतर्फ देशलाई लैजान कम्यूनिष्ट पार्टीहरुवीच एकताको बिकल्प नभएको बताएका छन् ।

मुलुकको समृद्धिका लागि कम्युनिष्ट पार्टीहरु एक हुनु जरुरी रहेकाले छियाछिया भएका कम्यूनिष्टलाई एक गर्न लागिपरेको उनको भनाई छ । स्थानीय, प्रदेश र केन्द्र सरकार वामपन्थीको रहेको र प्रदेश २ मा पनि अन्त्यमा बामपन्थी सरकार आइपुग्ने उनले ठोकुवा गरे ।

फरक प्रशगंमा दाहालले भवन नबन्दासम्म कृषि अनुसन्धान केन्द्र पाख्रिबासको भवन प्रयोग गर्न विचार गर्न अनुसन्धान केन्द्रलाई आग्रह गर्दै केन्द्र सरकारसँग त्यसको विषयमा पहल गर्ने बताए ।

नेपालको शिक्षा हालसम्म बेरोजगार उत्पादन गर्ने जस्तो बनेको भन्दै अध्यक्ष दाहालले शिक्षा लिएर अपमान भोग्नुपर्ने अवस्थाको अव अन्त्य हुँने जिकिर गरे ।

दक्ष जनसक्ति उत्पादनका लागि बाम घोषणा पत्रमा अबको शिक्षा प्राविधिक शिक्षा राखेर सोही बमोजिम कामको तयारीमा बाम सरकार लागिपरेको दाहालको भनाई छ ।

भिडियो हेर्नुहोस्…

थप तस्वीरहरु…

तस्वीरहरु : ईश्वर थापा/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!