- संगालोखबर सम्वाददाता

धनकुटा, ३० बैशाख । धनकुटा नगरपालिका–६ ल्याण्डफिल्ड साईड नजिक आईतबार बिहान एक युवाको शव शंकास्पद अवस्थामा फेला परेको छ ।

ल्याण्डफिल्ड साईडको दक्षिण पश्चिममा रहेको प्रतिक्षालय नजिक करिव ३० बर्षीय युवाको शव फेला परेको प्रहरीले जनाएको छ ।

शवको प्रकृति हेर्दा हत्या गरेर फालिएको हुनसक्ने अनुमान गरिएको धनकुटाका प्रहरी निरीक्षक अञ्जन कोईरालाले संगालोखबरलाई जानकारी दिएका छन् ।

धनकुटामा फेला परेको शव । तस्वीर: संगालोखबर

‘घाँटीमा दर्फराएको डाम देखिएको छ ।’ कोइरालाले संगालोकर्मीसँग भने ‘शवको प्रकृति हेर्दा हत्या गरेर ल्याई फालिएको जस्तो देखिन्छ ।’ सडकभन्दा करिव ५ मिटर तल कोल्टोपरेको अवस्थामा शव छ ।

उक्त ब्यक्ति धनकुटा बजारबासीनै हुनसक्ने प्रहरीको अनुमान छ । राति करिव १ बजे शव फेला परेको खवर थाहा पाएपछि प्रहरी घटनास्थल गएको थियो ।

यसैवीच हत्यामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

धनकुटा–६ का अनिल डंगोल, ईश्वर श्रेष्ठ र धनकुटा–२ का रुमबहादुर मगरलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । उनीहरुलाई पक्राउ गरी प्रहरीले घटनाको बिषयमा अनुसन्धान थालेको छ ।

भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!