- ईश्वर थापा/संगालोखबर

धनकुटा, १० जेठ । १ नम्बर प्रदेश प्रमुख डा.गोविन्द सुब्बाले देशमा अखण्डता, जातियता र धार्मिक सहिष्णुता कायम गर्न धार्मिक कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।

Advertisement

धनकुटाको निशान भगवती मन्दिरमा सञ्चालित श्रीमद देवी भागवत नवाह ज्ञान महायज्ञको बिहीबार समापन कार्यक्रममा बोल्दै प्रदेश प्रमुख डा.सुब्बाले यस्तो बताएका हुन् ।

नेपालीमा धार्मिक शहिष्णुताको भावना भएकाले मुलुकमा राष्ट्रिय एकता अभिवृद्धि गर्न र अखण्डता कायम गर्न बल पुगेको उनले बताए । मुलुकलाई स्वतन्त्र राष्ट्रको रुपमा कायम गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न सवै लाग्नुपर्नेमा उनले जोड दिए ।

यता महायज्ञका मूल कथावाचक पण्डित दिनबन्धु पोख्रेलले धनकुटामा मेडिकल हव बनाउँन आगामी फागुनमा आध्यात्मिक महोत्सव सञ्चालन गर्न उपयुक्त हुने सुझाव दिएका छन् ।

उनले आध्यात्मिक महोत्सव गरिएमा आफु अनिवार्य सहभागि हुने प्रतिवद्धता पनि जनाए ।

त्यस्तै धनकुटाका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले आध्यात्मिक महोत्सव सञ्चालनका लागि पहल गर्ने बताएका छन् ।

भिडियो हेर्नुहोस्…

सम्बन्धित यो समाचार पनि हेर्नुहोस्…

निशान मन्दिरको महायज्ञबाट उठ्यो करिव ३५ लाख, कहिल्यै ननिभ्ने अखण्ड दिप प्रज्वलन सुरु

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!