- ईश्वर थापा/संगालोखबर

धनकुटा, २ बैशाख । धनकुटाको निशान भगवती मन्दिरमा बुधवारदेखि श्रीमद् देवी भागवत पुराण नवाह महायज्ञ सुरु भएको छ । निशान मन्दिरको प्रचारप्रशार गरी मन्दिरको अक्षयकोष बढाउँने उदेश्यले जेठ १० गतेसम्म महायज्ञ आयोजना गरिएको हो ।

Advertisement

प्रथम जगत गुरु बालसन्त मोहनसरण देवले पानसमा बत्ती बालेर र कायम मुकायम प्रधानसेनापति पूर्णचन्द्र थापाले निशानको झण्डा खोलेर महायज्ञको उद्घाटन गरेका छन् ।

महायज्ञमा पंण्डित दिनबन्धु पोख्रलले कथा बाचन गर्ने कार्यक्रम छ । महायज्ञको पूर्वसन्ध्यामा बिहान धनकुटा बजारमा कलश शोभायात्रा निकालिएका थियो ।

निशान भगवती मन्दिरबाट सुरु भएको कलशयात्रा बजारका बिभिन्न भागको परिक्रमा गर्दै पुनः मन्दिरमै आएर समापन भयो ।

हातमा कलश बोकेर सयौंको संख्यामा जिल्लाबासी झाँकी, ब्यानर र झण्डासहित कलशयात्रामा सहभागि थिए ।

यसैवीच महायज्ञको पहिलो दिन बिभिन्न संघसस्था र ब्याक्तिहरुबाट करिव ५ लाख वरावरको आर्थिक सहयोग संकलन भएको महायज्ञ आयोजक समितिका कोषाध्यक्ष दोर्ण गुरागाँईले जानकारी दिएका छन् ।

 

भिडियो हेर्नुहोस्…

 

यो पनि पढ्नुहोस्…

धनकुटामा यस्तो देखियो महायज्ञको कलशयात्रा (फोटो फिचरसहित)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!