धनकुटाका दिनेशलाई साउदीको जेलबाट उद्धार गरी घर फर्काइयो

धनकुटाका दिनेशलाई साउदीको जेलबाट उद्धार गरी घर फर्काइयो
धनकुटा । ३२ महिना अघिदेखि साउदीमा जेल जीवन बिताइरहेका धनकुटाका दिनेश कार्कीलाई घर फर्किन पाउँछु भन्ने आश मरिसकेको थियो । चालक काम गर्दै आएका दिनेशले चलाएको गाडी दुर्घटना भएपछि पक्राउ परेका उनलाई अदालतले ५७ हजार रियाल अर्थात नेपाली १८ लाख भन्दा बढी रकम जरिवाना तोकिदियो । गरिबीका कारण पैसा कमाउँन विदेशिएका दिनेशसँग जरिवाना बापतको रकम तिर्न सक्ने अवस्था थिएन, न त परिवारले नै नेपालबाट पैसा पठाएर उनल...

विराटनगरमा यसरी चोरी भयो पत्रकारको मोटरसाइकल

विराटनगरमा यसरी चोरी भयो पत्रकारको मोटरसाइकल
विराटनगर । विराटनगरका पत्रकार विजय खतिवडाको मोटरसाइकल चोरी भएको छ । उद्घोष दैनिकका प्रबन्ध सम्पादक खतिवडाको को २१ प ७६८६ नम्बरको रातो स्प्लेन्डर मोटरसाइकल सोमबार साँझ सातघुम्तीबाट चोरी भएको हो । उद्घोष दैनिकको कार्यालय अगाडि पार्किङ गरेर राखेको अवस्थामा साँझ करिब ६ः४५ बजे मोटरसाइकल चोरी भएको पत्रकार खतिवडाले बताए । पत्रिकाको काम सकेर बाहिर निस्किँदा मोटरसाइकल नभेटिएपछि चोरी भएको थाहा भएको हो । ...

धनकुटामा संगीत महोत्सवको तयारी

धनकुटामा संगीत महोत्सवको तयारी
धनकुटा । धनकुटामा फागुन पहिलो साता हुन लागेको ‘धनकुटा म्युजिक फेस्ट’ को तयारी अन्तिम चरणमा पुगेको छ । स्थानीय न्यू नव प्रभाव क्लबले फागुन ४ र ५ गते टुँडिखेलमा धनकुटा म्युजिक फेस्ट अर्थात संगीत महोत्सव गर्न लागेको हो । आयोजकले सोमबार धनकुटामा पत्रकार सम्मेलन गरेर महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । महोत्सवमा स्थानीयदेखि राष्ट्रिय कलाकारहरुसम्मले सांगीतिक प्रस्तुती दिनेछन् । सां...

धनकुटाका सरकारी कार्यालय अन्तै सार्न लागिएपछि एमाले उत्रियो आन्दोलनमा

धनकुटाका सरकारी कार्यालय अन्तै सार्न लागिएपछि एमाले उत्रियो आन्दोलनमा
धनकुटा । धनकुटामा रहेका केही सरकारी कार्यालय अन्य जिल्लामा सार्ने तयारी गरिएपछि नेकपा एमाले आन्दोलनमा उत्रिएको छ । धनकुटा सदरमुकाममा रहेको तथ्यांक कार्यालयलाई खोटाङ लैजान लागिएको र पाख्रीवासमा रहेको राष्ट्रिय व्यवसायिक कृषि अनुसन्धान कार्यक्रमलाई इलाम सार्न लागिएको भन्दै नेकपा एमाले आन्दोलनमा उत्रिएको हो । एमालेले आइतबार धनकुटामा पत्रकार सम्मेलन गरेर कार्यालय सार्ने निर्णयको विरोधमा आन्दोलनका क...

भेडेटारमा सुरु भयो फुड फेस्टिभल

भेडेटारमा सुरु भयो फुड फेस्टिभल
धनकुटा । धनकुटाको भेडेटारमा आइतबारबाट ११ औं फुड फेस्टिभल सुरु भएको छ । अंग्रेजी नयाँ वर्ष २०२४ सुरुवातको अवसर पारेर होटल एशोसिएसन भेडेटारले तीन दिने फुड फेस्टिभल अर्थात खाना महोत्सव आयोजना गरेको हो । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेतीले फेस्टिभल उद्घाटन गरेका छन् । फेस्टिभल उद्घाटन गर्दै मन्त्री उप्रेतीले भेडेटारसहित आसपास क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न प्रदेश सरक...

तमोर करिडोर सडक कालोपत्रे गर्ने कामले गति लिदैं, स्थानीय उत्साहित

तमोर करिडोर सडक कालोपत्रे गर्ने कामले गति लिदैं, स्थानीय उत्साहित
धनकुटा । धनकुटाको मुलघाटदेखि पाँचथरको गणेश चोकसम्मको तमोर करिडोर सडक कालोपत्रे गर्ने कामले गति लिएको छ । तमोर नदी तटीय क्षेत्रमा निर्माण गरिएको ११२ किलोमिटर सडक कालोपत्रे गर्नका लागि अहिले धमाधम काम भइरहेको छ । पाँचथर र ताप्लेजुङलाई तराईसँग जोड्ने द्रुत मार्गको रुपमा रहेको यो सडक कालोपत्रेका लागि गत कात्तिक महिनामा ठेक्का सम्झौता गरी काम थालिएको हो । धनकुटाको मूलघाटदेखि पाँचथरको हाङसुवासम्म ६६...

धनकुटामा पनि मनाइयो गाईजात्रा (भिडियोसहित)

धनकुटामा पनि मनाइयो गाईजात्रा (भिडियोसहित)
धनकुटा । धनकुटामा पनि बिहीबार गाईजात्रा पर्व मनाइएको छ । विगत एक वर्षभित्र मृत्यु भएका आफन्तको सम्झना गर्दै नेवार समुदायले गाईजात्रा पर्व मनाएका हुन् । श्रीवानीमा जम्मा भएर एकैपटक निकालिएको जात्रा मदनचोक हुँदै हुलाकटोल, परिचयमोड, भीमसेन थान, भीमनारायण चोक, माथिल्लो र तल्लो कोप्चे हुँदै टुँडिखेल पुगेर समापन भएको थियो । यसरी परिक्रमा गर्नाले मृतआत्मा गाईको पुच्छर समाती वैतरणी पार हुने धार्मिक विश...

कोशी प्रदेशका मुख्य शहरमा ट्राफिक जरिवाना बैंक मार्फत भुक्तानी गर्नुपर्ने

कोशी प्रदेशका मुख्य शहरमा ट्राफिक जरिवाना बैंक मार्फत भुक्तानी गर्नुपर्ने
विराटनगर । कोशी प्रदेशका मुख्य शहरहरूमा ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने चालक तथा सवारी धनीले अब बैंकमार्फत ट्राफिक जरिवाना भुक्तानी गर्नुपर्ने भएको छ । इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले मोरङ, सुनसरी र झापाका मुख्य शहरमा ट्राफिक जरिवाना बैंकमार्फत भुक्तानी गर्नुपर्ने नियम सोमबारबाट कार्यान्वयनमा ल्याएको हो । पहिलो चरणमा यो नियम मोरङको विराटनगर महानग...

धनकुटामा जारको पानीमा भेटियो मरेको किरा र भातको सिता

धनकुटामा जारको पानीमा भेटियो मरेको किरा र भातको सिता
धनकुटा । धनकुटामा जारको पानीमा किरा र भातको सिता फेला परेको छ । सुनसरीको इटहरी–१० स्थित हिमधारा कम्पनीले उत्पादन गरेको उपहार नामक जारको पानीको ‘सिलप्याक’ भाँडोभित्र पखेटासहितको मरेको किरा र भातको सात वटा सिता फेला परेको हो । धनकुटाको हुलाकटोलस्थित सनोज किराना पसलबाट खरिद गरेर कर्मचारी सञ्चयकोषको सेवा केन्द्रमा लगिएको जारको पानीमा अखाद्य बस्तु फेला परेको हो । सञ्चयकोषका कर्मचारीले आइतबार चार वटा...

धनकुटासहित पहाडी क्षेत्रमा यस्तो देखियो होलीको रौनक

धनकुटासहित पहाडी क्षेत्रमा यस्तो देखियो होलीको रौनक
धनकुटा । कोशी प्रदेशको पहाडी जिल्ला धनकुटासहित देशभरका पहाडी र हिमाली क्षेत्रमा सोमबार हर्षोल्लासपूर्वक होली पर्व मनाइएको छ । रिसराग छोडेर प्रेमभाव र आत्मियताका साथ आफन्तजन र साथीहरूसँग एकापसमा रङ दलेर रमाइलो गर्दै होली पर्व मनाइएको हो । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा होली मनाउँने गरिन्छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली ...
error: Content is protected !!