झापामा क्षयरोगसम्बन्धी सर्वेक्षण शिविर शुरु

झापामा क्षयरोगसम्बन्धी सर्वेक्षण शिविर शुरु

भद्रपुर, १० चैत । मेचीनगर नगरपालिका–९ स्थित फारामटोलका १५ वर्षमाथिका सबैको क्षयरोग जाँच शुरु गरिएको छ । राष्ट्रिय क्षयरोग केन्द्रले क्षयरोगसम्बन्धी स्थलगत अध्ययन कार्य (प्रिभ्यालेन्स सर्वेक्षण) अन्तर्गत आजदेखि क्षयरोग सम्बन्धी जाँच शुरु गरेको हो । वडा अध्यक्ष गोपाल खड्काका अनुसार, यस टोलमा १५ वर्षमाथिका ६०६ जना रहेका छन् । ती सबैजनालाई क्षयरोगको जाँच गर्न शिविरको आयोजनाा गरिएको छ । स्थानीय मेच...
निन्द्रामा घुर्ने बानी छ, यसो गर्नुहोस्

निन्द्रामा घुर्ने बानी छ, यसो गर्नुहोस्

एजेन्सी । घुर्ने बानीलाई आजकाल स्वास्थ्य समस्याका रुपमै लिइदैंन । घुर्ने मानिसलाई तत्काललाई केही असर नगरेपनि उसंगै सुतेको मानिसको निद्रामा असर पर्छ । घुराईले स्वास्थ्यमा समेत दुष्प्रभाव पारिरहेको हुन्छ । बेसारको खाने बेसारमा एन्टीसेप्टिक र एन्टबायोटिक गुण हुन्छन् । यसैले यसको प्रयोगले नाकको बाटो खुला हुन्छ र श्वास फेर्न पनि सजिलो हुन्छ । राती सुत्नुअघि दिनहुँ बेसार मिसाएको दुध पिउनाले घुराईको ...
प्रदेश सरकारले मोरङ, झापा र उदयपुरका चार अस्पतालको स्तरोन्नती गर्ने

प्रदेश सरकारले मोरङ, झापा र उदयपुरका चार अस्पतालको स्तरोन्नती गर्ने

विराटनगर, ९ चैत । प्रदेश नं १ को सरकारले जिल्लास्थित अस्पतालको सेवा सुविधा प्रभावकारी बनाउने कार्य शुरु गरेको छ । प्रदेश सरकारअन्तर्गत रहेका तीन जिल्लाका चार वटा अस्पतालमा ५० श्ययामा स्तरवृद्धि र सेवा सुविधा थप गर्ने कार्य सामाजिक विकास मन्त्रालयले शुरु गरेको हो । मन्त्रालयले मोरङको रङ्गेली जिल्ला अस्पताल, मङ्गलबारेको स्वास्थ्य केन्द्र, झापाको दमक जिल्ला अस्पताल र उदयपुर जिल्लाको कटारी अस्पतालल...
इलामको देउमाई नगरपालिकाको चमैतामा एम्बुलेन्स सहयोग

इलामको देउमाई नगरपालिकाको चमैतामा एम्बुलेन्स सहयोग

मङ्गलबारे, ९ चैत । इलामको देउमाई नगरपालिकाको चमैतामा स्थानीयवासीलाई एम्बुलेन्स प्रदान गरिएको छ । ‘चमैता सरोकार समाज’को संयोजनमा देश तथा विदेशमा रहेका चमैतावासीले आर्थिक सहयोग सङ्कलन गरी उक्त एम्बुलेन्स खरीद गरिएको हो । समाजको अगुवाइमा एक वर्षदेखि फेसबुक, ट्विटर, फोनमार्फत देश तथा विदेशमा रहेका चमैतावासीबाट रु १४ लाख ५० हजार सङ्कलन गरी एम्बुलेन्स खरीद गरिएको समाजका सचिव कमल श्रेष्ठले जानकारी दिन...
प्रदेश १ का स्वास्थ्य संस्थामा एकीकृत स्वास्थ्य सेवा

प्रदेश १ का स्वास्थ्य संस्थामा एकीकृत स्वास्थ्य सेवा

पशुपतिगनर, ८ चैत । प्रदेश नं १ का अस्पतालमा आउने बिरामीले आयुर्वेदिक, एलोपेथिक र होमियोपेथिक उपचार सेवा एकै ठाउँबाट पाउने भएका छन् । एउटै स्वास्थ्य संस्थामा तीनवटै पद्धतिको उपचार प्रदान गर्न प्रदेश सामाजिक विकास मन्त्रालयले ४० बढी चिकित्सक र स्वास्थ्यकर्मी थप गरी सेवा विस्तार शुरु गरेको हो । एकै स्वास्थ्य संस्थाबाट तीन पद्धतिको उपचार प्रदान गर्न प्रदेश सरकारले एकीकृत स्वास्थ्य सेवा शुरु गरेको प...
तीस वर्ष नपुगेसम्म व्यक्ति वयस्क नहुने

तीस वर्ष नपुगेसम्म व्यक्ति वयस्क नहुने

बीस वर्ष हाराहारीको उमेर हुँदा के तपाईँलाई कसैले 'परिपक्व बन्नुपर्छ' भनेका थिए?  अथवा त्यो उमेरमा तपाईँलाई इन्टरनेटमा बिरालोका रमाइला भिडियो हेर्ने रहर बाँकी थियो? यदि त्यसो हो भने तपाईँ किन त्यो उमेरसम्म वयस्क जस्तो व्यवहार गरिरहनु भएको छैन भन्ने कुराबारे वैज्ञानिक कारण हुनसक्छ। मस्तिष्क अध्ययन गर्ने वैज्ञानिकहरूका अनुसार मानिसहरू ३० वर्षको उमेर नटेक्दा सम्म पुर्णरूपमा 'वयस्क' हुन सक्दैनन्। न...
खाली पेटमा खान नहुने खानेकुराहरु

खाली पेटमा खान नहुने खानेकुराहरु

एजेन्सी । हामी दैनिक विभिन्न समयमा विभिन्न खालका खानेकुराहरु खाइरहेका हुन्छौं । बिहानै उठ्ने बित्तिकै खाजाको रुपमा धेरै प्रकारका खानेकुराहरु खाने गर्छौं तर यसरी खाइएका खानाहरु कतिपय स्वास्थ्यका लागि हितकर हुन्छन् भने कतिपय अहितकर । हामीले बिहानै खाने कतिपय खानेकुरहरुले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पुर्याउने गर्छ । त्यसैले बिहानै खाली पेटमा हामीले कस्ता खानेकुरा खान हुदैन भन्ने कुरा राम्ररी ...
यस्तो छ तरीका रंगको साइड इफेक्टबाट बच्ने

यस्तो छ तरीका रंगको साइड इफेक्टबाट बच्ने

होलीमा प्रयोग गरिने विभिन्न केमिकल्सयुक्त रंगको प्रयोगले छालामा विभिन्न किसिमको समस्या निम्त्याउने गर्छ । छालाको संक्रमण, छाला चिलाउने, पोल्ने लगायतका समस्या निम्त्याउन गर्छ । यो समस्या नहोस् भन्नका लागि होलीमा छाला सम्बन्धि विशेष सर्तकता अपनाउन जरुरी छ । ताकी छालालाई सुरक्षा प्रदान होस् । यसको लागि होली खेल्नु पूर्व छालामा यस्ता कुरा लगाउनु पर्छ, जसले गर्दा छालामा कुनै किसिमको समस्या हुन पाउँदै...
होलीमा कपाल जोगाउने ८ काइदा

होलीमा कपाल जोगाउने ८ काइदा

होलीको रमाइलोमा जथाभावी रंगको प्रयोग गरिन्छ । आफुले प्रयोग गर्ने रंग मात्र होइन, अरुले छ्याप्ने पानी, रंग आदिले कपाल तथा छालामा असर गर्न सक्छ । किनभने धेरैजसोले फोहोर पानी प्रयोग गर्छन् । रसायनयुक्त रंगहरु प्रयोग गर्छन् । होलीमा अबिर एवं रङ लगाउनु रमाइलो हो । तर रङ लगाएपछि त्यसमा भएको हानीकारक केमिकल्सले कपालमा जुन समस्या देन्छि, त्यो भने पक्कैपनि चिन्ताको विषय हो । किनकी होलीमा प्रयोग गरिने वि...
नोबेलको अर्को सफलता : महिलाको पाठेघरबाट निकालियो छ किलोको ट्यूमर (भिडियोसहित)

नोबेलको अर्को सफलता : महिलाको पाठेघरबाट निकालियो छ किलोको ट्यूमर (भिडियोसहित)

विराटनगर, ५ चैत । नोबेल शिक्षण अस्पतालले महिलाको पाठेघरमा रहेको छ किलोको ट्यूमर सफलतापूर्वक निकालेको छ । इलामको शान्तिडाँडाकी ४२ बर्षीया कुसुम शाह ठकुरीको पाठेघरबाट ट्यूमर निकालिएको हो । नोबेलको प्रसुती तथा स्त्री रोग बिभागका एशोसिएट प्रोफेसर डा.शान्ति सुवेदी नेतृत्वको चिकित्सकहरुको टोलीले शल्यक्रियाको माध्यमबाट सफलतापूर्वक ट्यूमर निकालेको हो । पाठेघरको सारकोमा नामले चिनिने यो ट्यूमर १ लाख महिल...
कपाल छिट्टै फुलेमा यसो गर्नुहोस्

कपाल छिट्टै फुलेमा यसो गर्नुहोस्

एजेन्सी । उमेर नपुग्दै कपाल फुल्ने समस्या देखिएमा अधिकांशले कस्मेटिक सामान प्रयोगमा ल्याउने गर्छन् । यद्यपि, यिनीहरूमा पाइने रसायनले कपालमा बढी नकारात्मक असर पर्छ । तसर्थ, सकेसम्म आफ्नै भान्सामा पाइने वस्तु प्रयोग गर्न आवश्यक छ । नरिवलको तेलमा कागतीको रस मिसाएर मसाज गर्ने । यसरी मसाज गरेको एक घन्टामा धुनुपर्छ । त्यस्तै, कपालमा नियमित बदाम र नरिवलको तेल लगाउन सकिन्छ । यसले कपाल फुल्ने मात्र नभएर...
स्वास्थ्य मन्त्री यादबले भने ‘नोबेल अस्पताल गुणस्तरीय उपचारको केन्द्र बन्दै गएको छ’ (भिडियोसहित)

स्वास्थ्य मन्त्री यादबले भने ‘नोबेल अस्पताल गुणस्तरीय उपचारको केन्द्र बन्दै गएको छ’ (भिडियोसहित)

विराटनगर, ०३ चैत । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादबले नोबेल शिक्षण अस्पताल गुणस्तरीय स्वास्थ्य उपचार केन्द्रका रुपमा बिकास हुँदै गएको बताएका छन् । नोबेल अस्पताल निरीक्षणका क्रममा आईतबारसाँझ सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् । नोबेल अस्पताल उच्च स्तरीय सेवा प्रवाहका हिसावले अघि बढ्दै गएको भन्दै मन्त्री यादबले उच्च स्तरीय स्वास्थ्य सेवाका ...
स्मरणशक्ति बढाउने उपायहरु

स्मरणशक्ति बढाउने उपायहरु

सुन्ने बानी बसाल्ने यदि कसैले भनेको कुरा हामीले ध्यानपुर्वक सुनेका छौँ भने हामीलाई त्यस्ता खालका कुराहरु बिर्सन गाह्रो हुन्छ । त्यसैले पढ्ने समयमा हामीले अन्ततिर आफ्नो ध्यान नलगेर पदने बानी बसालीम भने पढेको बिर्सिने गरिदैन । फिट रहने हामी उमेरले बुढो हुन आटेपानी आफ्नो शरीरलाई सधैं फिट राख्न खोज्नुपर्छ । फिट रहनाले दिमाग पनि ताजा रहने गर्छ । त्यसैले कुनै पनि कुरा सजिलैसँग याद रहने गर्छ । यसका...
सरकारले मोरङ, सङ्खुवासभा, मुगु, डोल्पा र हुम्लामा स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा ल्याउने

सरकारले मोरङ, सङ्खुवासभा, मुगु, डोल्पा र हुम्लामा स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा ल्याउने

काठमाडौँ, ३ चैत । सरकारले मोरङ, सङ्खुवासभा, मुगु, डोल्पा र हुम्लामा स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ । स्वास्थ्य बीमा बोर्डले चैत मसान्तभित्र ती जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको हो । ती जिल्लामा स्वास्थ्य बीमा कार्याक्रम लागू भएको घोषणा हुनुपूर्वका दर्ता, तालीम एवं स्वास्थ्य सेवा प्रदायक संस्थासँगको आवश्यक गृहकार्य लगभग पूरा भएको बोर्डले जनाएको छ...
पोसिला खानेकुरा पाउँदैनन् एचआइभी सङ्क्रमितहरु

पोसिला खानेकुरा पाउँदैनन् एचआइभी सङ्क्रमितहरु

लम्की, ३ चैत । कैलालीका एचआइभी सङ्क्रमितले पोसिला खानेकुरा खान पाएका छैनन् । उनीहरुलाई खाली पेट औषधि (एआरटी) खानुपर्ने बाध्यता छ । सङ्क्रमितमा पनि यहाँका एकल महिला र बालबालिकाको अवस्था दयनीय छ । एआरटी औषधि नियमित रुपमा आजीवन सेवन गर्नुपर्छ । औषधिले शरीर कमजोर बनाइदिन्छ । उनीहरु नियमित खाना खान सक्ने अवस्था मै छैन । सङ्क्रमित एकल महिला चम्फा धामीले भनिन् – “सङ्क्रमित धेरै महिलाका श्रीमान् बितिसक...
ओखलढुङ्गा सामुदायिक अस्पताल वरपर मदिरा निषेध

ओखलढुङ्गा सामुदायिक अस्पताल वरपर मदिरा निषेध

ओखलढुङ्गा, ३ चैत । ओखलढुङ्गा सामुदायिक अस्पताल आसपासको क्षेत्रमा मदिरा निषेध गरिएको छ । लालुपाते क्लब र जिल्ला प्रहरी कार्यालयको पहलमा केही वर्षदेखि अस्पतालको ५०० मिटर क्षेत्रलाई मदिरा निषेधित क्षेत्र बनाइएको हो । स्थानीय होटल, पसल र मुख्य आवाजजावत हुने क्षेत्रमा यहाँ मदिरा पाइँदैन, यो मदिरा निषेधित क्षेत्र हो भनेर लेखिएका बोर्ड र ब्यानर राखिएका छन् । त्यहाँ मदिरा बिक्री वितरण र सेवन गरे कारवाह...
आँखा शिविरमा १०२ को शल्यक्रिया

आँखा शिविरमा १०२ को शल्यक्रिया

डोटी, ३ चैत । नेपाल चेम्बर अफ कमर्श डोटी शाखाले आयोजना गरेकोे आँखाको निःशुल्क शल्यक्रिया शिविरमा १०२ लाभान्वित भएका छन् । यही चैत १ गतेदेखि पाँच दिनसम्म सञ्चालन हुने उक्त शिविरमा दुई दिनमै १०२ जनाको शल्यक्रिया गरिएको आयोजक संस्थाका अध्यक्ष खगेन्द्रबहादुर साउदले जानकारी दिनुभयो । उहाँका अनुसार गत फागुन १७ देखि २७ गतेसम्म सञ्चालित निःशुल्क आँखा शिविरमा शल्यक्रिया गर्नुपर्ने बिरामीको आँखाको शल्यक...
भिजाएकाे मेथि ग्याष्ट्रिक, सुगर र पायल्स भएकाहरूले सेवन गर्नु फाइदा

भिजाएकाे मेथि ग्याष्ट्रिक, सुगर र पायल्स भएकाहरूले सेवन गर्नु फाइदा

एजेन्सी । मेथीदानामा अत्यधिक पौष्टिक तत्त्व पाइन्छन् । यसलाई राति भिजाएर बिहान खाली पेटमा मज्जाले चपाएर खाँदा र यसको पानी पनि पिउँदा विभिन्न स्वास्थ्य समस्यालाई फाइदा पुर्‍याउने गर्दछ । मेथी दानाका फाइदा मेथी दानामा आइरन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, सोडियम, जिंक, फस्फरोस, फोलिक एसिडजस्ता मिनरल्सका साथै भिटामिन ए, बी र सी पनि पाइन्छन् । यसका साथै, यसमा भरपुर मात्रामा फाइबर्स, प्रोटिन, स...
झुक्केर पनि नगर्नुहोस् यी काम सुत्नु भन्दा अगाडी

झुक्केर पनि नगर्नुहोस् यी काम सुत्नु भन्दा अगाडी

काठमाडौँ । मानिसका आफ्ना आफ्नै बानी तथा व्यवहारहरु हुन्छ । कहिलेकाहीँ आफ्ना गलत बानीले स्वास्थ्यमा ठुलै समस्या पुर्यारहेका हुन्छन्, तर हामी अनविज्ञ हुन्छौँ । सुत्नुभन्दा अगाडि गर्ने र उठिसकेपछि गर्ने कार्यमा विभिन्न तथ्य लुकेका हुन्छन् । सुत्नुअघि केही कुरामा विचार गरिएन भने अस्वस्थता र रोगको भारी बोकेर समस्यामा पर्न सकिने हुन्छ । सुत्नु अगाडि खाना रातको खाना सकेसम्म सुत्नु अगाडि खानु हुँदैन ।...
उपप्रधानमन्त्री यादवद्वारा अङ्ग दानको घोषणा

उपप्रधानमन्त्री यादवद्वारा अङ्ग दानको घोषणा

भक्तपुर, ३० फागुन । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आज मरणोपरान्त अङ्ग दान गर्ने घोषणा गर्नुभएको छ । विश्व मिर्गौला दिवसका अवसरमा ‘मिर्गौला स्वास्थ्य  जहाँसुकै जोसुकैको लागि’ भन्ने नाराका साथ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र आरोग्य प्रतिष्ठान पुुल्चोक ललितपुरको संयुक्त आयोजनामा भक्तपुरमा भएको दशौँ नेपाल प्रत्यारोपण खेलकूद प्रतियोगितामा उप...
मुटुलाई स्वस्थ राख्ने देखी छाला सुन्दर बनाउने सम्म : कागतीको बोक्राको फाइदा

मुटुलाई स्वस्थ राख्ने देखी छाला सुन्दर बनाउने सम्म : कागतीको बोक्राको फाइदा

काठमाडौँ । कागतीको रसले स्वास्थ्यमा गर्ने फाइदा त सबैलाई थाहा भएको कुरा हो । तर धेरैलाई थाहा नहुन सक्छ कागतीको बोक्रा पनि गुणको खानी हो भनेर । कागतीको रस निचोरेपछि हामी त्यसको बोक्रालाई काम लाग्दैन भन्दै डस्टबिनमा हाल्ने गर्दछौँ तर त्यही बोक्राले नै स्वास्थ्यमा अचुक फाइदा पुर्याउछ । हड्डी बलियो बनाउँछ कागतीको बोक्राले हड्डीलाई बलियो बनाउँछ यसमा उच्च मात्रामा क्याल्सियम र भिटामिन ‘सि’ हुन्छ, जस...
तीनदेखि व्यथाः शिशुको हात मात्र बाहिर

तीनदेखि व्यथाः शिशुको हात मात्र बाहिर

हुम्ला, ३० फागुन । जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नं ८, राहदेवमा तीन दिनदेखि एक महिला सुत्केरी हुन नसक्दा आफन्तले जिल्ला अस्पताल र प्रदेश सरकारलाई उद्धारका लागि आग्रह गरेका छन् । अन्दाजी ३० वर्षीया ढल्ली बुढाले शिशु जन्माउन नसकेको र बुधबार राति उसको एउटा हात मात्र निकालिएको छ । महिलाको ज्यानको खतरा रहेकाले हेलिकप्टरको माग गरिएको जिल्ला अस्पतालकी सरिता बोहराले जानकारी दि...
जन्डिस उपचारका केही प्रमाणित घरेलु उपाय

जन्डिस उपचारका केही प्रमाणित घरेलु उपाय

काठमाडौं । जन्डिस भएपछि कलेजो विग्रने र भाइरल हेपटाइटिस हुने गर्छ जसको उपचार निकै कठिन मानिन्छ । मलेरिया, हेपटाइटिस ए लगायतका रोगका कारण पनि जन्डिस हुने गर्छ । प्रारम्भिक रुपमा पहिचान गर्न सकेमा कतिपय अवस्थामा जन्डिसलाई घरमै उपचार गर्न सकिन्छ । जन्डिस उपचारका केही प्रमाणित घरेलु उपाय यस्ता छन् । गोलभेडाको जुस एक चिम्टी नुन र मरिचको धुलो मिसाएको एक गिलास गोलभेडाको जुस विहान खाली पेट खानुहोस् । ...
पाठेघरसम्बन्धी समस्याबाट पीडित हुनेको सङ्ख्या बढ्दो

पाठेघरसम्बन्धी समस्याबाट पीडित हुनेको सङ्ख्या बढ्दो

खस्यौली, २९ फागुन । रुपन्देही सैनामैना नगरपालिका–३ का ३५ महिला पाठेघरसम्बन्धी समस्याबाट पीडित भएका छन् । महिलामा हुने पाठेघरलगायत रोगको परीक्षणबाट ती महिलामा पाठेघरसम्बन्धी समस्या देखिएको पर्रोहा हेल्थ पोष्ट, मुर्गियाले जनाएको छ । परीक्षणबाट ३३ जनाको पाठेघरमा क्यान्सरको जोखिममा रहेको, १० को पाठेघरमा मासु पलाएको र एकको पाठेघर खसेको पाइएकाले उनीहरुलाई थप उपचारका लागि सिफारिस गरिएको परिवार नियोजन ...
यस्ता समस्याहरु निम्तिन्छ दिउँसो सुत्ने बानीले

यस्ता समस्याहरु निम्तिन्छ दिउँसो सुत्ने बानीले

काठमाडौँ । प्रायः व्यक्तिको दिउसो सुत्ने बानी हुने गर्दछ । त्यसैले मानिस दिउसो फ्री भएको समय सुतिदिहाल्छन् । तर दिसोको समय सुत्नु फाईदा हुँदैन । धेरै बेफाईदा छ दिउसो सुत्नुमा । बिएमआई (बडी मास इन्डेक्स) ३७ भन्दा धेरै हुँदा लिभर क्यान्सरको खतरा २५ प्रतिशतभन्दा बढी हुन जान्छ । दिउँसोको समयमा एक घन्टाभन्दा बढी सुत्दा टाइप टु डायबिटिजको खतरा ८५ प्रतिशतभन्दा बढी हुन सक्छ । युनिभर्सिटी अफ टोक्योका अन...
रुँदा स्वास्थ्यलाई यस्तो फाइदा हुन्छ

रुँदा स्वास्थ्यलाई यस्तो फाइदा हुन्छ

काठमाडौँ । मानिसहरु सोच्ने गर्छन् कि रुनु भनेको दुखी हुनु हो । तर रुँदा पनि स्वास्थ्यको लागि धेरै फाइदाहरु पुग्ने गर्छन् । हामीले पहिलेदेखी नै सुन्नेगरेको कुरा हास्दा स्वास्थ्यको लासिग फाइदा पुग्छ । तर हास्दा स्वास्थ्यलाई जति फाइदा पुग्छ त्यति नै फाइदा रुदा पनि पुग्ने गर्दछ । १. रुँदा आँखाको दृष्टी क्षमतामा सकारात्मक प्रभाव पर्छ । आँखामा आँसु आउँदा नानी चिसो हुन्छ र आँखा सुख्खा रहनु पाउँदैंन र ...
नोबेलले गर्यो रेकर्ड ब्रेक : एकै दिन १४ जनाको मुखबाट निकालियो पित्त नलीको ढुंगा

नोबेलले गर्यो रेकर्ड ब्रेक : एकै दिन १४ जनाको मुखबाट निकालियो पित्त नलीको ढुंगा

विराटनगर, २६ फागुन । नोबेल शिक्षण अस्पतालले मुखबाट ईण्डोस्कोप छिराएर एकै दिन १४ जना बिरामीको पित्त नलीको ढुंगा निकाली नयाँ रेकर्ड कायम गरेको छ । ईआरसीपी बिधि मार्फत बिना चिरफार पित्त नलीको पथरीया (ढुंगा) निकालिएको नोबेल अस्पतालले जनाएको छ । एकै दिन हालसम्मकै ठुलो संख्यामा सफलतापूर्वक ईआरसीपी गरेर नयाँ रेकर्ड कायम गरिएको अस्पतालको दावी छ । नेपालमै पहिलो पटक एकै दिन यत्ती धेरै बिरामीको ईआरसीपी गर...
महिलामा मात्र हुने पाँच प्राणघातक रोग

महिलामा मात्र हुने पाँच प्राणघातक रोग

रोगले धनी-गरिब भन्दैन । सानो-ठूलो भन्दैन । महिला-पुरुष भन्दैन । हामी यस्तै मान्यता राख्छौं । तर, कतिपय रोग यस्ता हुन्छन् जो पुरुषलाई मात्र वा महिलालाई बढी असर गर्न सक्छ । जस्तो प्रोस्टेट क्यान्सर पुरुषलाई लाग्छ, स्तन क्यान्सर महिलालाई । भलै स्तन क्यान्सर पुरुषलाई पनि लाग्न सक्छ, तर दुलर्भ मात्रामा । पाठेघरको क्यान्सर वा प्रजन्न सम्बन्धी कुनैपनि समस्याले महिलालाई मात्र सताउने गर्छ । यसरी रोग प...
पटक पटक पिसाब लागिरहेमा के गर्ने ?

पटक पटक पिसाब लागिरहेमा के गर्ने ?

एजेन्सी । पटक–पटक पिसाब लाग्ने समस्या छ भने बेवास्ता गर्न मिल्दैन । यस्तो हुनुका कारण धेरै छन् । मूत्राशय ब्लाडर र मिर्गौलामा स्टोन हुँदा पनि असामान्य ढंगले पिसाब लाग्ने समस्या हुन्छ । २४ घन्टामा ६–७ पटकभन्दा बढीपटक पिसाब लाग्छ भने सचेत हुन जरुरी हुन्छ । कुनै न कुनै स्वास्थ्य समस्या नभई यस्तो अवस्था निम्तिँदैन । जुन समस्यालाई ‘फ्रिक्वेन्ट युरिनेसन’ भनिन्छ । पुरुषमा प्रोस्टेट बढ्दा पनि पटक–पटक ...
माइग्रेन किन हुन्छ

माइग्रेन किन हुन्छ

एजेन्सी । माईग्रेन भनेको अर्धकपाल अथवा आधि टाउको दुखाई हो । माईग्रेनले एकापट्टिको टाउकोको भागलाई सधैको दुखाईलाई मात्र होईन एक किसिमको दिन अथवा महिनाको अन्तरालमा समेत दुखाई हुन्छ । यो घण्टा वा केही दिनको अन्तराल सम्म हुन्छ र आफसे आफ निको हुन्छ । हामी त्यस्तो अवस्थालाई माइग्रेन भन्छौ । माईग्रेनका कारण १. माईग्रेनको कारण हाल सम्म पनि पत्ता लाग्न सकेको छैन् । २. माईग्रेन भएको मान्छेको डलिबिकल टे...
बेलैमा कसरी थाहा पाउने पाठेघरको मुखमा क्यान्सर छ कि छैन ?

बेलैमा कसरी थाहा पाउने पाठेघरको मुखमा क्यान्सर छ कि छैन ?

एजेन्सी । १५ वर्षभन्दा माथिका महिलालाई पाठेघरको मुखको क्यान्सरको जोखिम हुन्छ । पछिल्लो तथ्यांक अनुसार नेपालमा प्रत्येक वर्ष करिब दुई हजार पाँच सय महिलामा पाठेघरको मुखको क्यान्सर देखापर्छ जसमध्ये करिब एक हजार चार सयको मृत्यु हुने गर्दछ । क्यान्सर हुनुपूर्व नै पत्ता लगाउन सकिने भए पनि जनचेतनाको कमीका कारण पाठेघरको मुखको क्यान्सर पीडित महिलाको संख्या बढ्दो छ । भाइरसको संक्रमणलाई प्रि क्यान्सर भनिन...
error: Content is protected !!