- संगालोखबर सम्वाददाता

काठमाडौं । अब सबै कोभिड अस्पतालले ननकोभिड सेवा पनि सञ्चालन गर्नुपर्ने भएको छ । कोरोनाको उपचार गर्दै आएका अस्पतालहरुलाई अन्य उपचार सेवा पनि सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।

Advertisement

बुधबार बसेको आईसीएसको बैठकले देशभरका सबै कोभिड अस्पताललाई निर्णय कार्यान्वयनका लागि परिपत्रसमेत गरेको छ । कोभिडका लागि तोकिएका अस्पतालले कोभिडसहित ननकोभिड सेवासमेत नियमित रूपमा प्रदान गर्न अस्पतालहरुलाई पत्र पठाइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर हाल १ सय ९७ जना आईसीयू र ३० जना भेन्टिलेटरमा उपचाररत छन् । १ हजार ६ सय ८ जना संक्रमित होमआइसोलेसनमा छन् भने ३ हजार ५ सय २५ जना संक्रमित संस्थागत आइसोलेशनमा बसेका छन् । अहिले सक्रिय संक्रमितको संख्या ५ हजार १ सय ३३ रहेको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!