- संगालोखबर सम्बाददाता

काठमाडौं । आइसोलेशनमा नबस्ने कोरोना संक्रमितहरूलाई ६ महिनासम्म कैद हुन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आईसोलेशनमा नबस्ने संक्रमितलाई कारबाही प्रकृया अघि बढाईएको हो ।

केही संक्रमितहरू आइसोलेसनमा नबसेको जानकारी आएको भन्दै त्यस्ता व्यक्तिलाई संक्रामक रोग ऐन अनुसार ६ महिनासम्म कैद सजाय हुने व्यवस्था रहेकोे प्रवक्ता गौतमले जानकारी दिए । त्यसका लागि गृह मन्त्रालय र सबै जिल्ला प्रशासन कार्यालयलाई सूचना गरिएको छ ।

उनले केही संक्रमितहरू निको भई नसकी बाहिर हिँडेको जानकारी आएको भन्दै कारबाहीको कदम अघि बढाईएको जनाए । त्यस्तै पीसीआर परीक्षणका लागि स्वाब दिने र रिपोर्ट नआई काममा फर्किनाले त्यही समयाबधिमा अन्य व्यक्तिमा संक्रमण फैलिने जोखिम बढ्ने भन्दै रिपोर्ट नआएसम्म अनिवार्य क्वारेन्टाईनमा बस्न मन्त्रालयले आग्रह गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!