- संगालोखबर सम्वाददाता

इटहरी । इटहरी अस्पतालमा भिडियो एक्सरे सेवा सुरु भएको छ । इटहरी अस्पतालले नीजि स्वास्थ्य संस्था भन्दा सस्तो मूल्यमा भिडियो एक्सरे सेवा सुरु गरेको हो ।

Advertisement

नीजि स्वास्थ्य संस्था भन्दा करिव आधा अर्थात ६ सय रुपैयाँमै भिडियो एक्सरे गर्न थालिएको अस्पताल सञ्चालक समितिका अध्यक्ष भूपेन्द्र वरालले जानकारी दिए । अब, अस्पतालमा आएका विरामीलाई भिडियो एक्सरेका लागि अन्यत्र पठाउनुपर्ने वाध्यता हटेको बरालले बताए ।

अस्पतालका इमरजेन्सी इन्र्चाज राम कुमार धमलाले इटहरी अस्पतालको सेवालाई सहज वनाउन भिडियो एक्सरे खरिद गरि उपलब्ध गराएकोमा इटहरी उपमहानगर र अस्पताल समितिलाई धन्यवाद ज्ञापन गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!