संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ सरकारलाई नेपाल रेडक्रस सोसाईटीले १८ लाख ५८ हजार मूल्य बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको छ । सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई सोसाईटीका केन्द्रीय उपाध्यक्ष शर्मिला कार्कीले सामाग्री हस्तान्तरण गरेकी छन् ।

Advertisement

१६ लाख ३२ हजार ८ सय ५० मूल्य बराबरको एउटा भेन्टिलेटर, ६ हजार थान सर्जिकल मास्क, २ हजार ५ सय जोर ग्लोब्स, ५० थान पीपीई, २ सय थान केएन ९५ मास्क र ५० थान सुरक्षा चस्मा प्रदान गरिएको हो । स्वास्थ्य सामाग्री ग्रहण गर्दै राज्यमन्त्री गजमेरले संघीय, प्रदेश र स्थानीय सरकार मात्र नभएर कोरोना नियन्त्रणका लागि सवैले हातेमालो गर्दै अघि बढ्नुपर्ने आवश्यकता औल्याईन् । उक्त सामाग्री कोरोना नियन्त्रणमा अग्रपंक्तिमा रहेर काम गर्नेहरुलाई वितरण गरिने गजमेरले बताईन् ।

सोसाईटीकी केन्द्रीय उपाध्यक्ष कार्कीले कोरोना नियन्त्रणमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी र विरामीको सघन उपचारमा मद्धत पुर्याउन प्रदेश र जिल्ला स्तरसम्मै पुगेर सहयोग प्रदान गरिरहेको जानकारी दिईन् ।

कोकाकोला र नेपाल रेडक्रस सोसाईटीको साझेदारीमा कोरोना महामारीको अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, विरामी र स्वयंसेवकहरुको सुरक्षाका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको सोसाईटीका मोरङ सभापति सुवोधकुमार सिंहले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!