- संगालोखबर सम्वाददाता

बिराटनगर । बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार पश्चात करिब तीन सय कोरोना संक्रमित निको भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि नोबेल अस्पतालको आईसोलेशनमा भर्ना भएका २ सय ६७ संक्रमित निको भएर घर फर्किएका हुन् ।

कोरोना संक्रमण भएपछि उपचारका लागि अस्पताल पुगेका र अस्पतालमै उपचारका क्रममा संक्रमण पुष्टि भएका ३ सय ९५ संक्रमित नोबेलको आईसोलेशनमा भर्ना भएका छन् । जसमध्ये २ सय ६७ संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भई घर फर्किएको नोबेल मेडिकल कलेजका प्रिन्सिपल डा.रामहरी घिमिरेले जानकारी दिए । ‘सरकारले उपचारको जिम्मा नलिएका बेला कतिपय कोरोना संक्रमितलाई अत्यन्त्यै गंभीर अवस्थामा पुगेपछि मात्र अस्पताल ल्याईएको थियो ।’ उनले भने–‘घरमा र अरु अस्पतालमा केही उपाय नलागेर ल्याईएका गंभीर अवस्थाका केही संक्रमितको मृत्यु भएको छ । बाँकी अधिकांस संक्रमित निको भएर राम्रोसँग घर फर्किनु भएको छ ।’

नोबेलमा गत भदौ महिनाबाट कोरोना संक्रमितको उपचार थालिएको हो । कोरोना संक्रमित भर्ना हुँने र निको हुँने क्रम चलिरहेको नोबेलमा अहिले पनि ३३ जना संक्रमित उपचाररत छन् । उपचाररत कोरोना संक्रमितहरुले नोबेलमा राम्रो उपचार पाएको बताएका छन् । संक्रमण पुष्टि भएपछि नोबेल अस्पतालको आईशोलेशनमा उपचार गराई संक्रमणमुक्त भएका रंगेलीका मदनकुमार दाहालले आफु उपचारबाट सन्तुष्ट भएको प्रतिक्रिया दिए ।

नोबेलमा कोरोना संक्रमितको उपचारका लागि अक्सिजनको सुविधासहितका १ सय ५० बेड छुट्याईएको छ । गंभीर अवस्थाका संक्रमितको उपचारका लागि भेन्टिलेटरसहितका ३० बेडको व्यवस्था मिलाईएको नोबेल अस्पतालले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!