संगालोखबर सम्वाददाता
अस्पताल भवनको सिलान्यास गरिदै । तस्वीर: दिवेश खड्का

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ स्थित सिधुवा बजारमा ५ शैयाको अस्पताल निर्माण हुँने भएको छ । मुलुकका ३९६ स्थानीय तहमा अस्पताल निर्माण गर्ने सरकारी योजना अनुसार छथर जोरपाटी गाउँपालिका क्षेत्रका लागि सिधुवामा अस्पताल निर्माण गर्न लागिएको हो ।

सोमबार संघीय सांसद राजेन्द्र राईले अस्पताल भवनको सिलान्यास गरेका छन् । कार्यक्रममा बोल्दै सांसद राईले गाउँ–गाउँमा अस्पताल निर्माण गर्ने सरकारको दुरगामी योजनाले ग्रामीण भेगका जनतालाई धेरै फाईदा पुग्ने धारणा राखे । छथर जोरपाटी गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले २ वर्षभित्र भवन निर्माण सम्पन्न गरी अस्पताल सञ्चालन गर्ने बताए ।

Advertisement

अस्पताल निर्माणका लागि ५ रोपनी भन्दा बढी जग्गा निःशुल्क उपलब्ध गराउने खड्ग कुमारी, मनमाया, गजेन्द्र, गणेश र सन्तोष श्रेष्ठलाई सोही कार्यक्रममा खादा ओढाएर सम्मानसमेत गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!