- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जीतपुरमा १० बेडको अस्पताल बन्ने भएको छ । मुलुकका ३९६ स्थानीय तहमा अस्पताल बनाउँने सरकारी योजना अनुसार महालक्ष्मी–७ जीतपुर बजार नजिक ढोडेमा अस्पताल निर्माण गरिने भएको हो ।

Advertisement

अस्पताल निर्माणका लागि बुधबार सिलान्यास गरिएको छ । संघीय सांसद राजेन्द्र राई, जिल्ला समन्वय समितिका प्रमुख टंक चुवान, महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल, उप–मेयर मञ्जु अधिकारी, महालक्ष्मी–७ का वडाध्यक्ष रुद्र तुम्वा लगायतले भवन निर्माणस्थलमा ईटा राखेर संयुक्त रुपमा सिलान्यास गरेका छन् ।

कार्यक्रममा बोल्दै सांसद राईले सरकारले गाउँ–गाउँमा अस्पताल निर्माण गर्ने जनमुखी काम अघि बढाएकाले यसले जनतालाई धेरै फाईदा पुग्ने बताए । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले जीतपुरमा अस्पताल निर्माण भएपछि सो क्षेत्रका जनतालाई धेरै राहत मिल्ने धारणा राखेका छन् ।

१० करोडको लागतमा निर्माण हुँने सो अस्पताल दुई बर्ष भित्रमा सञ्चालनमा आउँने महालक्ष्मी नगरपालिकाका मेयर नेपालले जानकारी दिए । अस्पताल निर्माण गर्न १५ रोपनी जग्गा उपलब्ध गराउँने जग्गादाताहरु मेयरमान भण्डारी, रुद्र तुम्वा, चन्द्रकला तुम्वा, भीममाया भण्डारी र बिखल तुम्बालाई कार्यक्रममा सम्मान गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!