धनकुटाको सहिदभूमिमा बन्यो २ करोडको स्वास्थ्य चौकी
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका–६ स्थित थलथलेमा ठूलो लागतमा स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ । सघन सहरी बिकास कार्यालय धनकुटामार्फत २ करोड ३४ लाखको लागतमा आँखिसल्ला स्वास्थ्य चौकी भवन निर्माण गरिएको हो ।
गाउँबासीलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउँने गरी १० कोठा भएको दुई तले व्यवस्थित स्वास्थ्य चौकी भवन निर्माण भएको सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले बताए । ‘स्वास्थ्य चौकीको...





























