- संगालोखबर सम्वाददाता

इटहरी । इटहरीमा पाँच सय शैयाको सुविधासम्पन्न अस्पताल निर्माण गर्न जग्गाको खोजी भईरहेको छ । जग्गा खोज्नका लागि समिति पनि निर्माण गरिएको छ ।

Advertisement

इटहरी उपमहानगरले यो बिषयमा सरोकारवालाहरुवीच सर्वपक्षिय वैठक राखेको छ । बैठकले उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीको संयोजकत्वमा जग्गा खोजीका लागि समिति निर्माण गरेको छ । समितिको सदस्यहरुमा उपमेयर लक्ष्मी गौतम, याम सुब्बा, इश्वर भट्टराई, हेमकर्ण पौडेल, रोहित प्रसाँई, हेम घिमिरे, भीम पौडेल, ध्रुव सुब्बा, मेदनी सिटौला र वजरंग अग्रवाल छन् ।

श्री कृष्ण प्रणामी मन्दिर प्रतिष्ठान नेपालद्वारा प्रस्तावित पाँच सय शैयाको अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न समिति वनाइएको हो । जग्गा खोजी समितिलाई आवश्यक सल्लाह सुझाव र परामर्श दिनका लागि सल्लाहकार समिति पनि गठन गरिएको छ ।

सल्लाहकार समितिमा संघीय सांसद सिताराम मेहता, प्रदेश नम्वर १ की उपसभामुख सरस्वती पोख्रेल, प्रदेश सांसदहरु सर्वध्वज साँवा र लिलम वस्नेत छन् । कार्यक्रममा हस्पिटल सम्भाव्यता अध्ययन समितिका संयोजक हेम घिमिरेले हस्पिटलको अवधारणा पेश गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!