- संगालोखबर सम्वाददाता

काठमाडौँ । सरकारले निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाएको छ । कोरोना संक्रमितको उपचारका लागि सरकारी अस्पताल नै पर्याप्त रहेको भन्दै निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाईएको हो ।

Advertisement

अब, सरकारी अस्पताल र प्रयोगशालामा मात्र कोभिडको निःशुल्क उपचार र परीक्षण हुँनेछ । सरकारले ८ वटा निजी मेडिकल कलेजलाई भने सूचीबाट हटाइएको छैन । कोरोना संक्रमण दर घट्दै गएकाले सरकारी अस्पतालमै जनरल बेड, आईसीयू र भेन्टिलेटर पर्याप्त हुँदा थप आवश्यक नभएसम्म निजी अस्पतालबाट दिइने निःशुल्क कोभिड उपचार परीक्षण सेवा स्थगन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमण बढेर सरकारी अस्पतालले धान्न नसक्ने भएमा पुनः निजी अस्पतालहरूलाई निःशुल्क कोभिड उपचार केन्द्रका रूपमा परिणत गर्ने मन्त्रालयको योजना छ ।

यसअघि ५२ सरकारी र २७ निजी स्वास्थ्य निकायबाट कोरोना संक्रमितको निःशुल्क उपचार र परीक्षण हुँदै आएको थियो । देशभर हालसम्म २ लाख ५८ हजार १ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ लाख ४९ हजार ८ सय ६३ जना निको भएका छन् । १ हजार ८ सय २५ जना संक्रमितको मृत्यु भएको छ । संक्रमित मध्ये ०.७ प्रतिशतको मृत्यु र ९६.८ प्रतिशत संक्रमित निको भएको सरकारी तथ्यांक छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!