- संगालोखबर सम्बाददाता

बिराटनगर । मोरङको टंकिसिनवारीस्थित बिराट मेडिकल कलेजमा कोरोना संक्रमितको निःशुल्क उपचार सुरु गरिएको छ । निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरुमध्ये प्रदेश नं. १ मै पहिलो पटक बिराटले कोरोना संक्रमितको निःशुल्क उपचार थालेको हो ।

Advertisement

स्वास्थ्य मन्त्रालयसँग सम्झौता गरेर कोरोना संक्रमितको उपचार निःशुल्क गर्न थालिएको बिराट मेडिकल कलेजका उपाध्यक्ष डेनिस कार्कीले बताए । ‘निजी क्षेत्रबाट प्रदेश नं. १ मै पहिलो पटक हामीले कोरोना संक्रमितको उपचार निःशुल्क गर्न थालेका छौं ।’ उपाध्यक्ष कार्कीले संगालोखबरसँग भने–‘सरकारी स्तरबाट बनाईएका आईसोलेशनमा कोरोना संक्रमितको उपचार निःशुल्क भईरहेको भएपनि निजी अस्पतालबाट प्रदेशमै पहिलो पटक बिराटमा निःशुल्क उपचार सुरु भएको हो ।’

स्वास्थ्य मन्त्रालय र अस्पतालबीच केही दिन अघि यो बिषयमा सम्झौता भएको थियो । सम्झौतासँगै सोमबारबाट संक्रमितलाई निःशुल्क उपचार थालिएको हो । अब, बिराटमा उपचार भईरहेका र नयाँ भर्ना हुँने कोरोना संक्रमितलाई बेड चार्ज लाग्ने छैन । तर, भेन्टिलेजरमा राख्नु वा अन्य परीक्षण गराउँनु परेमा भने पैसा लाग्ने अस्पतालको कोभिड व्यवस्थापन समितिका सदस्य प्रमेशराज देवकोटाले जानकारी दिए ।

कोरोना संक्रमितको उपचारका लागि भदौ ४ गतेबाट ६० बेडको आईसोलेशन केन्द्र औपचारिक रुपमा सञ्चालन गरेको बिराटमा अहिले १३ जना कोरोना संक्रमित उपचाररत छन् । १६ जना निको भएर डिस्चार्ज भईसकेको अस्पतालले जनाएको छ ।

यो पनि …

निजी क्षेत्रबाट पहिलो पटक बिराट मेडिकल कलेजले थाल्यो कोरोना संक्रमितको उपचार

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!