- संगालोखबर सम्बाददाता

विराटनगर । प्रदेश १ मा हालसम्म १ लाख भन्दा बढीको पीसीआर परीक्षण भएको छ । सोमबारसम्म १ लाख ३ सय ४८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

सोमबार १ हजार ८ सय ६० जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म परीक्षण गरिएका मध्ये ४ हजार १ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यता, ९६ हजार १ सय ७१ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

मन्त्रालयका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४० हजार ६ सय ४३, प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरबाट ३१ हजार ३ सय ४३, कोशी अस्पताल विराटनगरबाट २५ हजार ४ सय ३६, मेची अस्पताल झापाबाट २ हजार ८ सय ९१ र अन्य प्रयोगशालाबाट ३५ जनाको परीक्षण भएको छ ।

प्रदेश १ का १४ जिल्ला मध्ये मोरङमा सवैभन्दा बढी ३१ हजार २ सय ६७ जनाको परीक्षण गरिएको छ । जसमध्ये २ हजार ४५ जनामा संक्रमण देखिएको छ । सुनसरीमा २३ हजार ६ सय ७९ र झापामा २३ हजार ५ सय ८५ जनाको परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा ४ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण हुँदै आएको छ । वीपीमा गत चैत १८, कोशीमा चैत २९, प्रदेश जनस्वास्थ्य प्रयोगशालाले वैशाख १९ र मेची अस्पतालले साउन ३० गतेबाट पीसीआर परीक्षण गर्दै आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!