‘डिजिटल नेपाल’ अभियानलाई तीव्रता दिइने
काठमाडौँ, २३ फागुन । एकद्वार प्रणालीबाट छिटो र छरितो ढङ्गबाट काम सम्पन्न गर्नका लागि नेपाललाई जतिसक्दो चाँडो ‘डिजिटल नेपाल’ को रुपमा विकास गर्न प्राविधिकहरुले सुझाव दिएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा यहाँ आज आयोजित ‘नेपाल सरकारको डिजिटल नेपाल परिकल्पना’ विषयक अन्तक्र्रियामा विश्व बैंकका प्रतिनिधिले नेपालमा सुशासन कायम गर्नका लागि पनि पूर्णरुपमा डिजिटलमैत्री नेपाल बनाउनुपर्नेमा...






























