
विराटनगर । सुरक्षा प्रविधिको क्षेत्रमा विश्वकै अग्रणी ब्रान्ड हिकभिजनले कोशी प्रदेशमा पहिलो पटक ‘हिकभिजन एक्सपेरियन्स एक्स्पो´ को आयोजना गर्ने भएको छ ।
आर्टिफिसियल इन्टेलिजेन्ससहित सुरक्षा प्रणालीको क्षेत्रमा काम गरिरएको हिकभिजनले मोरङको विराटचोकस्थित नेपालरिका होटलमा साउन ३१ गते एक्स्पो आयोजना गर्न लागेको हो ।
एक्स्पोमा हिकभिजनका नयाँ उत्पादन र प्रविधिलाई प्रदर्शनीमा राखिने नेपालको आधिकारिक वितरक म्याक्सिमा मल्टी नेशनल ट्रेडिङ प्रालि प्रमुख मनिकुमार तामाङले जानकारी दिए ।
उनका अनुसार एक्सपोमा घरेलु तथा साना व्यवसायको सुरक्षा प्रणाली, एकिकृत ट्राफिक व्यवस्थापन, प्रोफेशनल अडियो सोलुसन, डिस्प्ले एडभटाइजिङ तथा एजुकेशन सोलुशन, अलराम सेक्युरेटी सिस्टम, ताररहित घर सुरक्षा प्रविधि र नविनतम् उत्पादनका ८ वटा स्टलहरु रहनेछन् । एक्स्पोमा पछिल्लो समय देखिएका सुरक्षा चुनौतीहरूलाई प्रविधिले कसरी सहज बनाउँछ भन्ने विषयमा विज्ञहरूले जानकारी दिनेछन् ।
कोशी प्रदेशमा पहिलो पटक हुन लागेको एक्स्पोको व्यवस्थापन विराटनगरका लागि आधिकारिक विक्रेता एल्पनाइन टेक्नोलोजीज, प्यारागन आइटी सोलुसन इटहरी, आरएस कम्युटर दमक र तेजस्वी कम्युटर सपोर्ट विर्तामोडले गरिरहेका छन् ।
एक्स्पोले व्यवसायिक र घरेलु सुरक्षा प्रणालीलाई थप प्रविधिमैत्री बनाउनका लागि सहयोग गर्ने एल्पनाइन टेक्नोलोजीजका सञ्चालक सुरज ढुंगानाले जानकारी दिए ।

संगालोखबर 













