काठमाण्डौं । नेपालको राष्ट्रिय झन्डा अंकित नानो स्याटेलाइट पृथ्वीको कक्षमा घुम्न सुरु गरेको छ ।
यसअघि वैशाख ५ गते अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुर्याइएको उक्त स्याटेलाइट सोमबार दिउँसो ४ बजेर १९ मिनेटमा रिलिज हुँदै पृथ्वीमा परिक्रमा गरेको हो ।

Advertisement

जापानस्थित क्युटेको विश्वविद्यालयले नेपालका लागि उक्त भू–उपग्रह गत वैशाख ४ गते प्रक्षेपण गरेको थियो ।

डेढ महीनाअघिबाट अन्तरराष्ट्रिय अन्तरीक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भू–उपग्रहले आजदेखि पृथ्वीको परिक्रमा गरेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!