नयाँ प्रविधिको प्रभाव अटोमोबाइल क्षेत्रमा पनि देखिएको छ। यसको ताजा उदाहरण अटोनोमस बस (ड्राइभरबिना नै सञ्चालनमा आउने) पनि हो। बसहरू सबै राम्रो मौसम र सडकमा मात्र चलाउन सकिन्छ। खराब मौसममा चलाउन सकिँदैन। तर, नयाँ रोबोट बसलाई भारी वर्षात र हिमपातमा पनि चलाउन सकिन्छ।

गाचा नाम दिइएको यो अटोनोमस बस पछिल्लो साता फिनल्यान्डमा सार्वजनिक गरिएको थियो। यसको प्रविधि फिनल्यान्डको अटोनोमस ड्राइभिङ कम्पनी सेन्सिबल फोर हो। यसलाई जापानी कम्पनी म्युजीले डिजाइन गरेको हो।

यो दुनियाँकै पहिलो सबै मौसममा चल्ने (अल वेदर कन्डिसन्स) अटोनोमस सटल बस हो। गाचाको अटोनोमस ड्राइभिङ टेक्नोलोजी बसलाई राम्रो स्थिति र बाधा अडचन पत्ता लगाउने सुनिश्चित गरिएको छ। यसबाट रोबोट बसलाई कुनै पनि मौसम वा खराब स्थितिमा पनि रफ्तारले चलाउन सकिन्छ।

गाचाको लम्बाइ १४.७ फिट, चौडाइ ७.८ फिट र उचाइ ९ फिट छ। यसमा १० जना यात्रु अटाउन सक्ने कम्पनीको दाबी छ। यसबाहेक ६ अरु यात्रु बसमा उभिन सक्ने स्थान छ। यो इलेक्ट्रिक रोबोट बस चारपांग्रे ड्राइभ सिस्टमभन्दा कम छ। यसको उच्च स्पिड ४० किलोमिटर प्रतिघण्टा छ। एकपटक फुल चार्ज भएपछि यो बस एक सय किलोमिटरसम्म गुड्न सक्छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!