काठमाण्डौं, ५ बैशाख । अमेरिकाको भर्जिनियाबाट नेपालको पहिलो भू–उपग्रह (नानो स्याटेलाइट) अन्तरीक्षमा प्रक्षेपण गरिएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा पतिष्ठान (नास्ट) र जापानको क्युसु इस्टिच्युट अफ टेक्नोलोजी (क्युटेक)को सहकार्यमा जापानमा अध्ययनरत नेपाली विद्यार्थीद्वारा निर्मित ‘नेपाली स्याट् १’ नेपाली समय अनुसार बिहिबार बिहान २ः३१ मा प्रक्षेपण गरिएको हो ।

अमेरिकी अन्तरीक्ष कम्पनी अर्बिटल–ए टिकेले भर्जिनियास्थित नासाको ‘मिड–एटलान्टिक स्पेस्पोर्ट लन्च प्याड’बाट सिग्नोस कार्गो यानमार्फत अन्तर्राष्ट्रिय अन्तरीक्ष कक्ष (आइएसएस)मा पुर्याउनेछ । नेपालसहित श्रीलंकाको बिहान २ः१६ र जापानको ५ः४६ मा पठाइएको छ ।

नास्टका प्रवक्ता डा. सुरेश ढुंगेलका अनुसार आईएसएसमा रहेका अन्तरीक्षयात्रीले एक महिनासम्म भू–उपग्रहबारे थप परीक्षण र अध्ययन गर्नेछन् । यदि सफल परीक्षण भएको खण्डमा भू–उपग्रह तीनवर्ष अन्तरीक्षमा रहने बताइएको छ ।

भिडियो…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!