- संगालोखबर सम्वाददाता

काठमाडाैं । नेपाल टेलिकमले २० रुपैयाँमा ७० मिनेट कुराकानी गर्ने अफर ल्याएको छ। आफन्त र साथीभाइहरुको साथमा रमाउनका लागि भन्दै टेलिकमले आफ्ना ग्राहकहरुका लागि नयाँ अफर ल्याएको हो।

Advertisement

यस अघि टेलिकमले २ दर्जनभन्दा बढी अफर ल्याइसकेको छ। अनलिमिटेड वान आवर प्याक दिइएको यस अफरमा २० रुपैयाँले ७० मिनेट कुराकानी गर्न सकिने, इन्टरनेट चलाउन वा अनलिमिटेड म्यासेज पठाउन पनि सकिने टेलिकमले जनाएको छ।

यो सेवा प्रयोग गर्नका लागि FDPACK लेखेर १४१५ मा म्यासेज पठाउनु पर्छ। अथवा *१५१५* ८#  डायल गरी यो सेवा लिन सकिन्छ।

नाफालाई मात्र महत्व नदिइ मुलुकका विकट र अनकन्टार गाउँ, वस्तीहरुमा समेत दुरसंचार सेवा प्रदान गरिरहेको टेलिकमले नयाँ अफरले ग्राहकहरुलाई केही सहज बनाएको आशा गरेको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!