बर्लिन, ५ चैत । जर्मनीले अति तीव्र गतिको पाँचौं पुस्ताको दूरसञ्चार नेटवर्क (फाइभ–जी) को फ्रिक्वेन्सी लिलामीमा राखेको जनाएको छ ।

सरकारी अधिकारीहरुले उक्त फ्रिक्वेन्सी खरिदमा राखेका शर्तहरु तथा चीनको हुवावे कम्पनीले उपकरण आपूर्ति गर्न पाउने वा नपाउने भन्ने बारेमा स्पष्ट नपारेको भन्दै कम्पनीहरुले विवाद खडा गरेका छन् ।

मङ्गलबार शुरु भएको फ्रिक्वेन्सी लिलामी केही हप्तासम्म खुला रहने छ र यसबाट ३ देखि ६ अर्ब अमेरिकी डलर आम्दानी हुनेछ । हालका नेटवर्क सञ्चालकहरु डच टेलिकम, भोडाफोन र टेलिफोनिका तथा नयाँ कम्पनी ड्रिलिस्चले प्रतिस्पर्धा गर्ने रुचि देखाएका छन् ।

टेलिकम नेटवर्क सञ्चालकहरुले लिलामी प्रक्रिया ढिलाइ गरिदिन गरेको अनुरोधलाई गत साता अदालतले अस्वीकार गरेको थियो ।

कम्पनीहरुले हरेक जर्मन प्रान्तका कम्तीमा ९८ प्रतिशत घरपरिवारमा सन् २०२२ को अन्त्यसम्ममा तीव्र गतिको इन्टरनेट उपलब्ध गराउनुपर्ने भनी राखेको शर्त निकै कडा रहेको दाबी गर्दै आएका छन् ।

यसबाहेक, अधिकारीहरुले कम्पनीबाट प्रदान गरिने सुरक्षा “विश्वासिलो” हुनुपर्ने बताएका छन् । उनीहरुले चिनियाँ विशाल दूरसञ्चार कम्पनी हुवावेका बारेमा तोकेर केही बताएका छैनन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!